Monday, April 6

रोचक

सल्यानमा घट्यो अचम्मको घ’टना ! बेहुली लिन आएका जन्ती आधा बाटो बाटै फर्किए

सल्यानमा घट्यो अचम्मको घ’टना ! बेहुली लिन आएका जन्ती आधा बाटो बाटै फर्किए

Posted in रोचक
सल्यानमा बेहुली लिन आएका जन्ती बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटो बाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा बेहुली लिन आएका जन्ती बेहुलाको उमेर नपुगेका कारण आधा बाटो बाटै फिर्ता भएका हुन्। बेहुली लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो। बेहुलाको उमेर नपुगेको थाहा पाए पछि प्रहरीले जन्तीलाई बाटोबाटै फिर्ता पठाएको थियो। प्रहरीले उमेर नपुगेको विवाह भएपछि कारबाही गर्न भन्दा अगाडि नै विवाह रोकेर ठूलो दु’र्घटनाबाट रोकेको बताए। बालविवाह गरे वा गराए वा संलग्न भएको खण्डमा दुलाहा, बेहुलीसहित संलग्नलाई समेत तीन वर्ष कैद वा ३० हजार ज’रिवाना अथवा दुवै स’जाय हुन सक्ने कानुनी व्यवस्था छ। पछिल्लो समय सल्यानमा बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रहरीलाई स्थानीय तह, मानव अधिकारकर्मी, स्थानीयलगायतले साथ दिँदै आएको छन्।
कोरोना भाइरसको संक्रमण नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल

कोरोना भाइरसको संक्रमण नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल

Posted in रोचक
संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ । कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए । अध्यक्ष भट्टले कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने समेत बताए । उनले कोरोना संक्रमण यता नफैलिने विश्वास गर्दै क्षमा पूजाका लागि तयार रहन पनि स्थानीयवासीलाई आग्रह गरेका छन् । यो पनि पढ्नुस पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा आफूले ब’म वि’स्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ। आज (बुधबार) बिहान भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको ब’म वि’स्फोटको विप्लव स’मूहले जिम्मा लि
धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत

धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत

Posted in रोचक
हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषयबारे उल्लेख गरिएको पाउन सकिन्छ । अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छन् । जीवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ । विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन स
छोराछोरीको दूधे दाँत सम्हालेर राख्नुस्, काम लाग्छ यस्तो महत्वपूर्ण ठाउँमा !

छोराछोरीको दूधे दाँत सम्हालेर राख्नुस्, काम लाग्छ यस्तो महत्वपूर्ण ठाउँमा !

Posted in रोचक
एजेन्सी– अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाहरुको टुट्ने दुधे दाँत सँगालेर राखे भविष्यमा धेरै लाभदायी हुन सक्ने देखाएको छ । उक्त अध्ययनमा सानोमा टुट्ने दाँतमा भएको ‘स्टेम सेल’ ले क्यान्सर र मुटुसम्बन्धी रोगको उपचार हुन सक्छ भन्ने देखाएको हो । अनुसन्धानकर्ताका अनुसार बढी उमेरका मान्छेहरुको तुलनामा बच्चाहरुको दाँत वातावरणमा धेरै समयसम्म सम्पर्कमा नरहने हुनाले खराब भएका हुँदैनन् । दाँतमा भएको ‘स्टेम सेल’ को सहयताले शरीरमा सजिलै नयाँ कोशिका निर्माण गर्न सक्छ । बच्चाहरुका दाँतबाट पाइने स्टेम सेल उपचारका लागि एकदमै राम्रो सावित हुन सक्छ जसले गर्दा ‘बोनम्यारो’ निकाल्नै पर्दैन । दाँतमा रहेको स्टेम सेल को खोज र त्यसमाथि गरिएको शोधकार्य अहिले प्रारम्भिक चरण रहेको छ । तर भविष्यमा यसको मदतले क्यान्सरको उपचारका साथै हृदयघात कम गर्नमा सहयोग गर्न सक्छ । त्यसैगरी दाँतमा
कालभैरवको यस्तो कालजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ

कालभैरवको यस्तो कालजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ

Posted in रोचक
नुमानढोका दरबारको मूल प्रांगणमा कालभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला। काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ। कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग्दो देखिन्छ। त्यसमाथि यसको शारीरिक हाउभाउ नै भयंकर। घुँडा–घुँडासम्म मुण्डमाला भिरेर, भुइँमा उत्तानो परेका बेताललाई बेफिक्रीसाथ कुल्चेका कालभैरव देख्दा कसको मन सिरिंग नहोला ! कान, नाडी र पाउमा पहिरिएको सर्पको आभूषण हेर्नुस् न, कम्ता भयंकर छ! यिनको त हातै छवटा — कुनै हातले खड्ग, ढाल, त्रिशूलजस्ता अस्त्रशस्त्र उठाएका छन्, कुनैमा भर्खरै वध गरिएका तीनवटा मान्छेको टाउको झुन्ड्याएका छन्, त्यो पनि कपाल समातेर। बीचको एउटा हात विन्दुमुद्रामा दर्शनार्थीहरूतिर फर्किएको छ। शिरको मुकुटमा धरि चारवटा खप्पर र एउटा नरमुण्डको गहना भिरेका छन्।
यस्ता छन् असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

यस्ता छन् असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

Posted in रोचक
काठमाडौं । भनिन्छ, श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । त्यसैले श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । दम्पत्तीबीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि दुवै जनाले धेरै बिषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने एक अनुसन्धानले देखाएको छ । पछिल्लो अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदाहरु यस्ता छन् । १. श्रीमानलाई अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।२. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।३. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।४. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।७. आफ्नो मुड अनुसार कहिल्यै
शनिबारको दिन भुलेर पनि गर्न नहुने यि पाँच काम यस्तो छ ।

शनिबारको दिन भुलेर पनि गर्न नहुने यि पाँच काम यस्तो छ ।

Posted in रोचक
काठमाडौं / शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ । आज हामीले तपाईलाई शनिबार गर्न नहुने केही कुराको चर्चा बारेमा प्रस्तुत गरेका छौं । लक्ष्मीको मात्र पुजाः शास्त्र अनुसार शनिबारका दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ । कपाल नुहाउनु हुदैनः शास्त्रमा उल्लेख गरिए अनुसार शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल
इज्जत कमाउनहोस्, पैसाले त मात्र तपाईको भौतिक सुविधा पुरा गर्दछ, कर्मले आफै दौडिएर आउँछ

इज्जत कमाउनहोस्, पैसाले त मात्र तपाईको भौतिक सुविधा पुरा गर्दछ, कर्मले आफै दौडिएर आउँछ

Posted in रोचक
एजेन्सी । हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ? किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी । त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो । हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् । खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ? हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले
१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान

१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान

Posted in रोचक
अजितकुमार झा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उहाँलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा आठ महिनाको बच्चा छ । सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उहाँको पहिलो सन्तानका रुपमा छोराको जन्म भयो । अहिले १६ वर्ष पुग्नुभएको उहाँको दुई वर्षीय छोरा छ । त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एकमहिने छोराको आमा भइसक्नुभएको छ । उहाँको १३ वर्षकै उमेरमा विवाह भएको हो । उहाँहरु तीनैजना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुनुहुन्छ । अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हँुदासम्म आमाबुबा हुने क्रम जारी छ । सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उ
विहीबारका दिन देवताका गुरु बृहस्पति र भगवान विष्णुको पूजा किन गरिन्छ ?

विहीबारका दिन देवताका गुरु बृहस्पति र भगवान विष्णुको पूजा किन गरिन्छ ?

Posted in रोचक
काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ । त्यसाे त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले विहीबारका द