Monday, April 6

समाचार

भारतीय क्वारेन्टाइमा नेपाली महिलाले जन्माइन शिशु, कोभिड नाम राखियो

भारतीय क्वारेन्टाइमा नेपाली महिलाले जन्माइन शिशु, कोभिड नाम राखियो

Posted in समाचार
भारतमा कोरोना भाइरस रोकथामको लागि भारतले २१ दिन लामो लकडाउनको घोषणा गरेको छ। लकडाउने उद्योगधन्दा एबं होटलहरू, रेस्टुरेन्टहरू बन्द छन्। बस, रेल तथा विमानमा पनि पूर्ण रोक लगाइएको छ लकडाउनको मारमा परेका मजदुरहरु सहर छाडेर आफ्नो गाँउ जाने गरेका छन्। कमाउने थलो बन्द भएपछि मारमा परेका मजदुरहरू राजधानी दिल्लीबाट लामो यात्र हिडेरै गाँउ फर्केने गरेका छन्। दिल्ली छोडेर गाउँको लागि पैदल हिडेनेमा भारतीय मात्रै छैनन् नेपाली समेत रहेका छन्। हिँडेर गाँउ लागेकाहरुमध्ये उनीहरूका गाउँम पुगेका छन् भने केहीलाइ प्रशासनले बीचबाटोमै नियन्त्रणमा लिएर क्वारेन्टाइन केन्द्रमा राख्ने गरेको छ। राजधानी दिल्लीको एक होटलमा काम गर्ने एक नेपाली दम्पती हिडेर घर जाँदै गर्दा युपीको रामपुरमा रहेको क्वारेन्टाइनमा छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको हो। समाचार एजेन्सी एएनआईका अनुसार क्वारेन्टाइन
कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

Posted in समाचार
काठमाण्डौ – सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार सात सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९ सय ४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कुल १२ लाख ५८ हजार आठ सय दुई रुपैयाँ जम्मा भएको छ । कोरोना
पूर्वराजाको मनछुने संदेश- सबै नेपाली एक हौ, संकटका बेला राजनीतिक विवाद झिक्नु घा’तक हुन्छ !

पूर्वराजाको मनछुने संदेश- सबै नेपाली एक हौ, संकटका बेला राजनीतिक विवाद झिक्नु घा’तक हुन्छ !

Posted in समाचार
काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाहले को’रोना भाइरस संक्रमण रो’कथामका लागि एक भएर ल’ड्नुपर्ने बताएका छन । उनले आज एक ट्वीट गर्दै को’रोना भाइरस संक्रमण रोकथामका लागि एक भएर ल’ड्नुपर्ने बेलामा अनावश्यक राजनीतिक वि’वाद झिक्नु घा’तक भएको समेत उल्लेख गरेका छन । ट्वीटरमा आफ्ना धारणा राख्दै पूर्वराजा शाहले यतिखेर सम्पूर्ण विश्व नै को’रोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जो’गाउन हरसम्भव प्रयासमा लागि परेको उल्लेख गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सम्पूर्ण विश्व नै को’रोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको वि’वादमा अ’ल्मलिनु सर्वथा घा’तक हुनसक्छ ।सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जु’ध्नु आजको अनिवार्य आवश्यकता हो। ‘यस अघि को’रोना म’हामारी रोकथाम नियन्त्रण र उपचारका
सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचार गर्ने !

सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचार गर्ने !

Posted in समाचार
काठमाडौं – सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरेको छ । सरकारले यससम्बन्धी जानकारी सर्वाेच्च अदालतलाई गराएको छ।निजी अस्पताल कोरोना संक्रमितको उपचारमा विमुख रहेको भन्दै दायर मुद्दामाथि आइतबार भएको सुनुवाइ क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यस्ता अस्पताल र मेडिकल कलेजलाई सरकारले नियन्त्रणमा लिएर संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरिरहेको बताए। नागरिक दैनिकमा यो खबर छ । याधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा देवकोटाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले यस्तो योजना बनाएको खुलास गरेका हुन्.। ‘सबै अस्पतालको ओनरसिप अब राज्यले लिन्छ। सबै अस्पतालको बेड तथा मेडिकल कलेज राज्यको नियन्त्रणमा सञ्चालन गरिनेछ,’ इजलाससमक्ष देवकोटाले भने। उनले सरकारले कहिलेसम्म निजी अस्
आज चर्चित नायिका बर्षा सिवाकोटीको जन्मदिन

आज चर्चित नायिका बर्षा सिवाकोटीको जन्मदिन

Posted in समाचार
काठमाडौं – आज चर्चित नायिकन बर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । आज अर्थात चैत महलिनाको २४ गते उृनको जन्म दिन परेको हो । चलचित्र नाई नभन्नु ल २मा डेब्यु गरेकी उनि चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘लक्का जवान’‘कारखाना’ ‘भैरे ‘वीरविक्रम २’ जस्ता दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन् । केहि समय पहिला उनले आफ्नो प्रमि समेत सार्वजनिक गरेकी थिइन् । उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । र पछिल्लो समय बर्षाचलचित्र ‘परदेशी २’ मा प्रकाश सपुतसंग जोडि बाध्ने भएकी छिन् ।
कोरोना सङ्क्रमण अर्को चरणमा प्रवेश गर्न नदिन सहयोग गर्न आग्रह

कोरोना सङ्क्रमण अर्को चरणमा प्रवेश गर्न नदिन सहयोग गर्न आग्रह

Posted in समाचार
काठमाण्डौ – सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो चरणमै रोक्नका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ । नेपालमै रहेका व्यक्तिमा कोरोना सङ्क्रमण सरेको पुष्टि भएसँगै दोस्रो चरणमा पुगेको भन्दै तेस्रो चरण अर्थात् महामारीको अवस्थामा प्रवेश गर्न नदिन सबैको सहयोग आवश्यक रहेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका अर्को व्यक्तिमा कोरोना सर्नु दोस्रो चरण हो । कसले कसलाई सारेको हो भन्ने थाहा नहुनु कोरोनाको तेस्रो चरण अर्थात् महामारीको अवस्था हो । नेपालमा महामारीको अवस्था आउन नदिन सबैको सहयोग आवश्यक भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार व्यक्तिबिचको दुरी कायम गर्नु नै कोेरोनाबाट बच्ने मुख्य उपाय हो । साबुन पानीले मिचीमिची हात धुने, घर र आँगन सफा राख्ने, सतहमा छोइसकेपछि हात
मन्त्रिपरिषदको बैठक २ बजे बस्दै , देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

मन्त्रिपरिषदको बैठक २ बजे बस्दै , देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

Posted in समाचार
सरकारले लक डाउनको समय १ साता थप्ने तयारी गरेको छ। दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। आजको मन्त्रिपरिषदले लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने एक मन्त्रीले बताए। आजैको मन्त्रिपरिषदमा स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप निर्णय गर्नेसमेत स्रोतले बतायो। मन्त्रिपरिषदमा लैजाने प्रस्तावबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढाकाल, अर्थमन्त्री युवराज खतिवडा र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्न लागेका छन्। सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ। यसैबीच प्रधा
बलिउडमा दोस्रो घटनाः चर्चित परिवारमा देखियाे काेराेना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

बलिउडमा दोस्रो घटनाः चर्चित परिवारमा देखियाे काेराेना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

Posted in समाचार
चेन्नई एक्सप्रेस र रा–वनजस्ता फिल्मका निर्माता करिम मोरनीकी छोरी शाजामा कोरोनाभाइसको संक्रमण पुष्टि भएको छ । त्यसपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा आइसोलेशन वार्डमा भर्ना गरिएको छ र पूरा मोरानी परिवारलाई क्वारेन्टिनमा राखिएको छ । स्पटबोयको खबर अनुसार यो कुराको पुष्टि बीएमसीकी अधिकारी रेणु हंशराजले गरेकी हुन् । अन्तत : कनिका कपुरले जितिन कोरोना विरुद्धको लडाई , छैटौंपटकमा नेगेटिभ शाजाले विदेश यात्रा गरेकी थिइनन्ः करिम मोरानीका अनुसार शाजा न त विदेश गएकी छिन् न नै विदेशबाट फर्किएका कुनै व्यक्तिसँगको सम्पर्कमा छिन् । यस्तोमा उनको कोरोनाभाइरस परीक्षण पेजेटिभ आउनु अचम्मको कुरा भएको उनी बताउँछन् । रिपोर्टका अनुसार शाजाको स्थिती स्थिर छ । परिवारले उनी चाँडै नै निक भएर घर फर्किने दाबी गरेका छन् । मोरानी परिवारका अन्य सदस्यको पनि कोरोनाभाइरस परीक्षण गरिनेछ । गायिका कनिकाको पाँचौँ कोरोना
टोकियोमा संकटकालको घोषणा हुन् सक्ने !

टोकियोमा संकटकालको घोषणा हुन् सक्ने !

Posted in समाचार
एजेन्सी , कोरोनाभाइरसका कारण जापानको केही हिस्सामा संकटकाल लागू गरिने सम्भावना छ ।जापानी मिडियाका अनुसार भाइरस फैलनबाट रोक्न विभिन्न कोसिसका बीच संक्रमितको संख्या लगातार बढिरहेको छ । प्रधानमन्त्री शिन्जो आबेले सोमबार यसबारे घोषणा गर्नसक्ने विभिन्न सञ्चारमाध्यमले जानकारी दिएका छन् ।यद्यपि, संकटकाल घोषणा गरेको दिनदेखि र पूरा देशैभरी लागू नहुने बताइएको छ । संकटकाल टोकियो र ओसाकाजस्ता ठूला शहरका लागि लागू नहुने जानकारीमा उल्लेख छ । यो निर्णयपछि सरकारले मानिसहरुलाई घरभित्रै बस्न र आफ्नो कारोबार बन्द गर्ने आदेशलाई कडा रुपमा लागु गर्न सक्छ ।जापानमा अहिलेसम्म ३ हजार ६ सय कोरोनाभाइरसको संक्रमित भेटिएका छन् । यहाँ ८५ जनाको मृत्यु भइसकेको छ । संक्रमण सबैभन्दा धेरै टोकियोमा देखिएको छ जहाँ अहिलेसम्म हजार बढी संक्रमित भेटिइसकेका छन् ।
‘पाहुनासँगै कोरोना पनि आउन सक्छ, ओहोरदोहोर नगर्नुस्’

‘पाहुनासँगै कोरोना पनि आउन सक्छ, ओहोरदोहोर नगर्नुस्’

Posted in समाचार
काठमाण्डौ – लकडाउनका बेला पाहुना लाग्न जाने र पाहुना बोलाउने गरेको पाइएको भन्दै सरकारले त्यसो नगर्न अनुरोध गरेको छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले पाहुनासँगै कोरोना पनि भित्रिन सक्ने भएकाले सचेत हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनाको सङ्क्रमण कसैमा भए त्यो अर्को व्यक्तिमा पनि सजिलै सर्न सक्ने भएकाले अहिले पाहुना लाग्न जाने र पाहुना बोलाउने समय नभएको बताउनुभयो । कोरोनाको सङ्क्रमण फैलन नदिन नै सरकारले लकडाउनको घोषणा गरेकाले पालना गर्न उहाँले आग्रह गर्नुभएको छ । तरकारी, फलफूल लगायतका अति आवश्यक सामग्री किन्न जाने भन्दै मानिसहरु निस्कने गरेकाले रोक्न नसकिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले बताउनुभयो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको ल