Monday, January 27

समाचार

काठमाडौँको टुँडिखेलमा सोनाम ल्होछारको चहलपहल (फोटोफिचर)

काठमाडौँको टुँडिखेलमा सोनाम ल्होछारको चहलपहल (फोटोफिचर)

Posted in समाचार
सोनाम ल्होछार कार्यक्रममा सहभागीहरु, काठमाडौँ - काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा सहभागीहरु । तामाङ भेषभूषामा सजिएका युवती, काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा तामाङ भेषभूषामा सजिएर सहभागी भएका युवती । झाँकी प्रस्तुत - तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५६ को अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्वीर : पंकज दाहाल
आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

Posted in समाचार
काठमाडौँ / दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् । ०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् । तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा ग
रबि र रमेश कालिकोट पुगेर दिए सबैलाई दिए खुशीको खबर

रबि र रमेश कालिकोट पुगेर दिए सबैलाई दिए खुशीको खबर

Posted in समाचार
आजको २७२ दिनमा निर्माण सम्मान हुने गरि रास्कोट कम्युनिटी हस्पिटल सुरुवात गर्ने क्रममा हामी कालिकोटमा छौ। पत्रकार रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । उहाँ आफ्नो टिम सहित कालिकोट पुगेका छन् । रवि लामिछाने संगै रमेश परसाई पनि पुगेका छन् । रबि कालिकोट पुगेर यस्तो लेखेका छन् (आजको २७२ दिनमा निर्माण सम्मान हुने गरि रास्कोट कम्युनिटी हस्पिटल सुरुवात गर्ने क्रममा हामी कालिकोटमा छौ। थप आजको कार्यक्रममा। सबैको साथ अस्पतालमा, नजाओस ज्यान अकालमा…) चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ बाट हजारौको उद्दार गरिसकेका रबि लामिछानेले अन्य सामाजिक काम पनि गर्दै आएका छन । उहाकै नेतृत्वमा कालिकोट जिल्लामा रास्कोट कम्युनिटी हस्पिटल बन्ने भएको छ । सोहि योजनाको लागि स्तलगत अबलोकन गर्न उहाको टिम त्यसतर्फ प्रस्थान गरेको हो । नेपालकै दुर्गम जिल्ला कालिकोटमा लगभग ३ करोड रुपैयाको लगानिमा १५ शैयाको अस्पत
टर्कीमा गयो शक्तिशाली भूकम्प, ठुला घरहरु लडे, धेरै मानिष हताहत !

टर्कीमा गयो शक्तिशाली भूकम्प, ठुला घरहरु लडे, धेरै मानिष हताहत !

Posted in समाचार
टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको निधन भएको छ ।शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् । टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो । स्वास्थ्य मन्त्री फहरेटिन कोकाले निधन भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा निधन भएकोे जानकारी दिनुभयो । त्यसैगरी गृह मन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि गर्नुभयो । उहाँले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिनुभयो । प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो । “हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूक
राजा वीरेन्द्र : जसले गाडी नपाएर आफ्ना सन्तान सहित सडकमा अलपत्र परेका दम्पतीलाई यसरी लिफ्ट दिए

राजा वीरेन्द्र : जसले गाडी नपाएर आफ्ना सन्तान सहित सडकमा अलपत्र परेका दम्पतीलाई यसरी लिफ्ट दिए

Posted in समाचार
काठमाडौं । मुलुकमा राजसंस्था अन्त्य भएको एक दशक नाघिसकेको छ । तर, शाहवंशीय राजाहरुको सकारात्मक कुराहरु सामाजिक सञ्जालमा भने आइरहेका छन् । मुलुकको अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्र बने । उनका दाजु राजा वीरेन्द्रको २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा वंशनाश भयो । उनै राजा वीरेन्द्रसहित उनको पूर्खाको सकारात्मक कुराहरु सामाजिक सञ्जालमा आइरहेको छ । यसैक्रममा शुक्रबार रागव शम्शेर राणाले राजा वीरेन्द्रको तस्विरसहित एक महिलालाई लिफ्ट दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।उनकाअनुसार २०५६ सालको दशैंको टीकाको भोलिपल्ट साँझ पर्न लागेको बेला सडकमा बच्चासहित गाडी कुरेर बसेकी महिलालाई राजा वीरेन्द्रले लिफ्ट दिएका थिए । रागव राणाले फेसबुकमा लेखेका छन्, ‘दसैं टीकाको भोलिपल्ट २०६५ साल साँझ पर्न लागेको थियो । नुवाकोट ककनी हुँदै काठमाण्डौं छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यत्ति गुडेका थिएनन् ।
दिउँसाे घाम लाग्दा पनि अधिकतम तापक्रम घट्दा चिसो बढ्याे : माैसमविद्

दिउँसाे घाम लाग्दा पनि अधिकतम तापक्रम घट्दा चिसो बढ्याे : माैसमविद्

Posted in समाचार
काठमाण्डाै : दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनु भयो । यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उहाँले बताउनु भयो । बिहीबारको भन्दा शुक्रबार झण्डै तीन डिग्री घटेर काठमाण्डौको अधिकतम तापक्रम १५ दश मलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार काठमाण्डौको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । यसैगरी दाङमा अस्तिको भन्दा ७ डिग्री सेल्सियसले अधिकतम तापक्रम घटेको छ । दाङको शुक्रबारकाे तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । यसैगरी जनकपुर, विराटनगर, धरान, पोखरा, लुम्ले, जीरी आसपासका ठाउँको अधिकतम तापक्रम ३ डिग्री सेल्सियस सम्म घटेको महाशाखाल
सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित गरेर एमसीसी पास गर्नु हुँदैन : गृहमन्त्री थापा

सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित गरेर एमसीसी पास गर्नु हुँदैन : गृहमन्त्री थापा

Posted in समाचार
सुर्खेत। गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरू संशोधन हुनुपर्नेमा बताउनुभएको छ । सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताउनुभएकाे हाे । “एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने रु ५५ अर्ब बजेटमा नेपालको पनि रु १३ अर्ब लगानी हुन्छ”, उहाँले भन्नुभयो, “तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरूमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरू संशोधन हुनुपर्छ ।” अमेरिकी राजदूतावासले एमसिसीमा हिन्द प्रशान्त रणनीति नरहेको विज्ञप्तिमार्फत जानकारी गराइसकेको उहाँले बताउनुभयो । गृहमन्त्री थापाले एमसिसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसिसीमा समेटिए त्याे सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानका
एमसीसी विकास हैन, विनाश बोकेर आउँदैछः विप्लव

एमसीसी विकास हैन, विनाश बोकेर आउँदैछः विप्लव

Posted in समाचार
काठमाडौ। नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस छ । सिङ्गै देश एमसीसीको पक्ष र विपक्षमा बाँडिएको छ । सारा स्वाभिमानी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, बुद्धिजीवी, कम्युनिष्टहरू एमसीसीका विरुद्ध उभिएका छन् भने नेपाली काङ्ग्रेस, केपी वली समूह, कमल थापालगायत केही दलाल, कमिसनखोरहरू एमसीसीका पक्षमा देखिएका छन् । एमसीसी के हो, यसको उद्देश्य के हो ? र यसलाई संसदबाट पास गरे के गर्न सकिन्छ ? भन्नेबारेमा छोटो चर्चा गरौँ । १) एमसीसी भनेको एमसीसीको नेपाली अर्थ सहस्राब्दी चुनौती निगम हुन्छ । यो संस्थाको नामबाट नै स्पष्ट हुन्छ– अमेरिकाले यो सहस्राब्दीमा विश्व व्यवस्थाबारे सैन्य–राजनीतिक दृष्टिले जसरी सोचिरहेको छ त्यसलाई दक्षिण एसियामा कार्यान्वयन गर्ने नै यस संस्थाको ध्येय हो । सबैलाई थाहा छ अमेरिकाले दोस्रो विश्वयुद्ध पछि एसियामा कम्युनिष्ट प्रभाव अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति
एमसीसीका विषयमा बाेल्न खाेजेपछि भुसाललाई मन्त्री छाेड्न प्रधानमन्त्रीकाे चे’तावनी

एमसीसीका विषयमा बाेल्न खाेजेपछि भुसाललाई मन्त्री छाेड्न प्रधानमन्त्रीकाे चे’तावनी

Posted in समाचार
काठमाडाैं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्ताधारी नेकपाभित्रै नेताहरू पक्ष-विपक्षमा देखिन थालेपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई एमसीसीका विषयमा नबोल्न निर्देशन गरेका छन् । आजको अन्नपूर्णमा समाचार छापिएको छ। २८ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसालले एमसीसीबारे जिज्ञासा उठाएपछि प्रधानमन्त्री ओलीले एमसीसी सरकारले पारित गरेर जाने नीति लिएकाले सरकारमा बसेर कोही कसैलाई विपक्षमा बोल्ने छुट नभएको बताएको सहभागी एक मन्त्रीले बताए। ती मन्त्रीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, ‘विपक्षमा बोल्ने मन कोही कसैलाई भए मन्त्री पद त्याग गरेर गए हुन्छ। तर सरकारको नीति पारित गर्ने भएकाले क्याबिनेटमा बस्ने, विपक्षमा पनि बोल्दै हिँड्ने कुरा सह्य हुँदैन।’ ओलीको निर्देशनपछि एमसीसी त्यति नरुचाइरहेका केही मन्त्रीहरू तटस्थ देखिन खोजेका छन्। एमस
उत्कृष्ट लेखन सीप भएका यी नानीहरु बन्न सक्छन् तपाईंका लागि प्रेरणा

उत्कृष्ट लेखन सीप भएका यी नानीहरु बन्न सक्छन् तपाईंका लागि प्रेरणा

Posted in समाचार
सवै अभिभावक चाहान्छन्- आफ्ना बालबच्चाले विद्यालयमा राम्रो पढून्, ज्ञानी बनून् र उन्नति-प्रगति गरुन् । बालबच्चाहरु पनि सकेको मेहनत गर्छन् ।जति मेहनत गर्छन् सोही अनुसारको फल प्राप्ति गर्छन्- उनीहरु। कोही विद्यार्थी यतिसम्म अब्बल हुन्छन् कि संसारलाई नै चकित तुल्याउँछन् । आज हामीले यस्तै केही बालबालिकाहरु जसको लेखन सीप उत्कृष्ट छ, उनीहरुकाे विषयमा जानकारी दिएका छौं । जो तपाईका बालबालिकाहरुको लागि पनि प्रेरणाको स्रोत बन्न सक्छन् । उनीहरु संसारमै सबैभन्दा राम्रो अक्षर लेख्न्छन् । कम्युटरमा टाइपिङ गरेकाे भन्दा कम हुँदैन उनीहरुले लेखेका अक्षर । उनीहरु नेपाली होस् या अंग्रेजी दुबै लेख्न निकै सिपालु छन्। उनीहरुले लेखेका अक्षर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छन् । केही समय पहिले सैनिक विद्यालयमा अध्यन गर्ने प्रकृति मल्लले लेखेका अक्षरहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए । अहिले सविना मगरकाे