Thursday, April 2

अन्तर्राष्ट्रिय समाचार

कोरोना कहरः पुलिसमा जागिरे बाबुको रक्षाका लागि यी बालिकाले गरिन् सबैलाई घरभित्रै बस्न अपिल

कोरोना कहरः पुलिसमा जागिरे बाबुको रक्षाका लागि यी बालिकाले गरिन् सबैलाई घरभित्रै बस्न अपिल

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वव्यापीरुपमा विभिन्न पहल कदमी चालिएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको औषधि अझै पत्ता लागिसकेको छैन । वैज्ञानिकहरु यसका लागि अहोरात्र खटिएका छन् । यस्तो अवस्थामा सवैले आ–आफ्नो क्षेत्रबाट सुरक्षा सतर्कता अपनाउनु बाहेकको कुनै विकल्प छैन । विश्वका सबै मुलुकले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन तथा कोरोनाको सम्भावित जोखिम रोक्ने विषयमा जनचेतानामूलक सन्देश जारी पनि गरिएका छन् । अधिकांश मुलुकले लकडाउन घोषणा गरी आम नागरिकलाई अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन आग्रह गरिएको छ । अहिले सबैभन्दा बढी जोखिमा स्वास्थ्यकर्मी, प्रहरी र पत्रकाहरु छन् । लकडाउन लागू गरिएको भए पनि उनीहरु आफ्नो ज्यानको बाजी लगाएरै कार्यक्षेत्रमा खटिनुपर्ने बाध्यता छ ।
चीनका बरिष्ठ वैज्ञानिक भन्छन– ‘४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन सुरु गर्नेछ !

चीनका बरिष्ठ वैज्ञानिक भन्छन– ‘४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन सुरु गर्नेछ !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं। चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी आउनेछ । उनले चीनमा अब कोरोनाभाइरसको दोस्रो आक्रमण नहुने समेत भविष्यवाणी गरेका छन् ।कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा. झांग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् । ८३ वर्षीय झांगले भने ‘चीनमा कोरोनाभाइरसको दोस्रो आक्रमण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।’ डा. नेनशेनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ ।डा. नेनशेनले भने ‘कोरोनाभाइरससँग लड्ने २ मात्र तरिका छन् । पहिलो हामीले संक्र
फिलिपिन्सका राष्ट्रपतिले दिए लकडाउन उल्लंघन गर्नेलाई गो’ली हान्ने आ’देश

फिलिपिन्सका राष्ट्रपतिले दिए लकडाउन उल्लंघन गर्नेलाई गो’ली हान्ने आ’देश

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी– फिलिपिन्सका राष्ट्रपति रो’ड्रिगो डु’र्तेतेले को’रोना भाइरस संक्रमणको जो’खिम न्यूनीकरण गर्न लु’जन प्रान्तमा जा’री गरिएको एक महिना लामो लकडाउन उ’ल्लंघन गर्नेलाई गो’ली हा’न्ने चे’तावनी दिएका छन्। उनले बुधबार अबेर टेलिभिजनमा स’म्बोधन गर्दै लकडाउन उ’ल्लंघन गरेर स’मस्या सिर्जना गर्ने जो’कोहीलाई गो’ली हा’न्न प्रहरी र सेनालाई नि’र्देशन दिइएको बताएका हुन्। उनले भने, ‘स्वास्थ्य का’र्यकर्ता र डाक्टरलाई क्ष’ति नपु¥याऊ, किनभने यो ग’म्भीर अ’पराध हो । उनले भने- यदि कसैले स’मस्या सि’र्जना गर्छ भने गो’ली हा’नेर मा’र्न सेना र प्रहरीलाई म आ’देश दिन्छु।’ उनले सरकारलाई कम नआँक्न र चु’नौती नदिन पनि चे’तावनी दिए । म’निलाको क्यु’जेन सहरका सुकुम्बासीले राहतको मा’ग गर्दै रा’जमार्गमै प्र’दर्शन गरेपछि डु’र्तेतेको यस्तो चे’तावनी आएको हो।
अमेरिकामा एकै दिन १ हजार ४६ जनाको मृत्यु, थप २६ हजार बढी नयाँ संक्रमिति

अमेरिकामा एकै दिन १ हजार ४६ जनाको मृत्यु, थप २६ हजार बढी नयाँ संक्रमिति

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार ९९ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार १ सय ९ जना नयाँ संक्रमित देखिएका छन् । योसँग अमेरिकामा २ लाख १४ हजार ६ सय ३९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।
को’रोना भाइरसबाट विश्व प्रसिद्ध वैज्ञानिकको मृ’त्यु

को’रोना भाइरसबाट विश्व प्रसिद्ध वैज्ञानिकको मृ’त्यु

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । को’रोना भा’इरस (को’भिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृ’त्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृ’त्यु भएको हो ।प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी नि’मोनियाको कारण क्वा’जुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भ’र्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा ए’चआईभी संक्रमण रो’क्ने उपायको खोजीमा ध्यान के’न्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्ष’यरोग (टी’बी) रो’कथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्या’ती क’माएकी थिइन् ।चीनको वुहानबाट गत डिसेम्बरको अ’न्तिममा देखिएको को’भिड–१९ को म’हामारी अहिले विश्वभर फै’लिएको छ । त्यस्तै बीबीसीका अनुसार स्पेनमा को’रोना भाइरसका कारण एकै दिनमा मृ’त्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ। युरोपमा को’रोना भाइरसका कारण मृ’त्यु हुने
Breaking: कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

Breaking: कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ ।मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्‍जा भाञ्‍जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले बताएको छ ।उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो ।मारियाका ६ भाइबहिनी रहेका छन् । उनले आफ्नो युवा अवस्था म्याडिडमा बिताएकी थिइन् ।मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । यसअघि बेलायतका राजकुमार चाल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो ।
कोरोनाविरुद्ध लड्न अक्षय कुमारको ४० करोड सहयोग

कोरोनाविरुद्ध लड्न अक्षय कुमारको ४० करोड सहयोग

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि ‘पीएम केयर फन्ड’ स्थापना गरे लगत्तै एक बलिउड अभिनेताले सहयोगको घोषणा गरेका छन्। मोदीले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पुर्याउने माध्यम बन्नेछ।’ उनले उक्त कोषमा सहयोग गर्न आह्वान गरेका थिए। लगत्तै बलिउड अभिनेता अक्षयकुमारले २५ करोड भारु (४० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेका हुन्। ‘यो बेला मानव जीवन महत्त्वपूर्ण छ। हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ।’ त्यस्तै टाटा ट्रस्टका अध्यक्ष रतन टाटाले कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लड्न भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने बताउनु भएको छ। उहाँको तर्फबाट प्रकाशित बयानमा अहिले भारत तथा विश्वको वर्तमान स्थिति चिन्ताजनक रहेको र कोभिड १९ विरुद्ध लड्न तत्क
कोरोनाका कारण लन्डनमा बाबुछोरीको मृत्यु, मलामी जाने कोही भएनन्

कोरोनाका कारण लन्डनमा बाबुछोरीको मृत्यु, मलामी जाने कोही भएनन्

Posted in अन्तर्राष्ट्रिय समाचार
लन्डन,चैत १५- बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो। बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो। पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो। दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले लेखेको छ। समाचारका अनुसार आफ्ना श्रीमान्को अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्। ‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।’बुवा सुधीरलाई विमानस्थल वा कहाँ भाइरस संक्रमण भएको भन्ने खुलेको छैन। विमानस्थलमा
विश्वमै स्वादिष्ट परिकार बनाउने ५९ वर्षे चर्चित सेफको कोरोनाले ज्यान लियो

विश्वमै स्वादिष्ट परिकार बनाउने ५९ वर्षे चर्चित सेफको कोरोनाले ज्यान लियो

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं, विश्वकै चर्चित सेफ फ्लोयड कार्डोजको अमेरिकाको न्युजर्सीमा बुधबार कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ। सिएनएनका अनुसार कार्डोजमा केही दिनअघि कोरोना पोजेटीभ देखिएको थियो। उनले टप सेफ मास्टर्स उपाधि जितेका थिए। ‘सेफ फ्लोयड कार्डोजको निधन भएको खबर सुनाउनुपर्दा हामीलाई गहिरो दुःख लागेको छ,’ कार्डोज कार्यरत हंगर इन्क हस्पिटालिटीले एक विज्ञप्ति जारी गर्दै भनेको छ। कार्डोज त्यहाँ कलिनरी निर्देशक थिए। मार्च १८ का दिन कार्डोजमा कोरोना पोजेटीभ देखिएको थियो । त्यसपछि उनलाई न्युजर्सीकै माउन्टेनसाइट मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। सन् २०१७ मा सिबीएससँगको अन्तर्वार्तामा कार्डोजले आफू कसरी सेफ भएँ भन्ने कुरा बताएका थिए। ‘म वास्तवमा बायोकेमिस्ट हुुन चाहन्थेँ, तर, जब मैले आर्थर हेलीको होटल पढेँ, त्यसपछि मेरो लक्ष्य बदलियो। त्यो किताबमा ज्यादै फन थियो। म खानेकुरा बनाउने कलामा सुरुदेखि नै चाख
स्वरुप फेर्दै कोरोना भाइरस, दुई प्रकारका भेटिए

स्वरुप फेर्दै कोरोना भाइरस, दुई प्रकारका भेटिए

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमान्डौ ,यतिबेला विश्वका १ सय ९२ मुलुकलाई नै आक्रान्त पार्दै फैलिएको कोरोना भाइरसको टाईप परिवर्तन भएको छ । सन् २०१९को डिसेम्बर महिनामा चीनमा हुवानबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को रुप शुरुमा देखिएको कोरोना भाइरस भन्दा अहिले रुप परिवर्तन गरेको चीन र बेलायतले गरेको एक अध्ययनले जनाएको छ ।यहि मार्च ३ मा चीनको माइक्रोबायोलोजी रिसर्चमा सार्वजनिक गरेको अनुसन्धानात्मक लेखमा कोरोना भाइरसको टाईप परिवर्तन भएको कुरा उल्लेख गरिएको छ । उक्त अनुसन्धान रिपोटमा उल्लेख गरिए अनुसार एल र एस टाईपको कोरोना भाइरस देखिएको उल्लेख गरिएको छ । एल टाईपको भाईरस नयाँ स्वरुपको भएको पनि उल्लेख गरिएको छ । रिपोर्टमा भनिएको छ एस टाईपको शुरुमा देखा परेको भाइरस हो र एस भाइरस जनावरबाट शुरु भएको भन्ने प्रमाणित भएको छ । एल टाईपको भाइरसले आफुलाई परिवर्तन गरेर मान्छेलाई संक्रमित गर्न पुगेको छ ।एल टाईपको भाइरस एस भन्दा अ