Monday, January 27

मनोरंजन

डिभोर्सपछि पहिलो श्रीमती रिनाबारे आमिरको यस्तो खुलासा

डिभोर्सपछि पहिलो श्रीमती रिनाबारे आमिरको यस्तो खुलासा

Posted in मनोरंजन
काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । धेरैजसो फिल्मकै कारण चर्चामा आउने अमिरले हालै श्रीमती रिना दत्तसँगको डिभोर्स बारे नयाँ कुरा खुलासा गरेका छन् । उनले आफुहरुले डिभोर्स गर्नुको कारण खुलाएका छन् । रिनासँग १६ वर्ष बिताएर डिभोर्स गरेका अमिरले डिभोर्सको समयमा आफु निकै पिडामा रहेको बताए । सन २००२ मा डिभोर्स गरेपछि उनले भने ,‘हो हामीले १६ वर्षसँगै बिताएका थियौँ । हाम्रो डिभोर्स हुन पुग्यो । यो होइन कि मैले उनलाई गर्नु पर्ने सम्मान पनि गुमाए । हामीलाई थाहा छ हामीले कुन अवस्थामा डिभोर्स गर्यौ ।तर, एक अर्काको खुसीका लागि पनि यो कदम आवश्यक थियो । हामीबीच प्रेम नै नभएपछि हामीले डिभोर्सको निर्णय लिएका थियौँ ।
कोठामा श्रीकृष्णको तस्विर सजाउन दिनेसँग मात्रै विवाह गर्छुः श्वेता खड्का

कोठामा श्रीकृष्णको तस्विर सजाउन दिनेसँग मात्रै विवाह गर्छुः श्वेता खड्का

Posted in मनोरंजन
अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नयाँ पत्रिकाका नवीन प्यासीले सोधखोज गरेका छन्ः– तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ? म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भय
प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै, थाइल्याण्डमा मनाउँदै छिन् ‘ब्याचलोरेट पार्टी’

प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै, थाइल्याण्डमा मनाउँदै छिन् ‘ब्याचलोरेट पार्टी’

Posted in मनोरंजन
नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्य लगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ । प्रियंकाले एकदिन अघि मात्रै आफ्नो इन्स्टाग्राम अकाउन्टमा विमान अगाडि ६ जना बसेर खिचिएको फोटो पोष्ट गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ ।’ त्यसपछि उनको इन्स्टाग्राममा स्टोरी र भित्ता त्यहाँ मस्ती गरिरहेका भिडियो र तस्बिरले भरिएका छन् । उता प्रियंका आफ्नो ‘गर्ल ग्याङ्ग’ सँग ब्याचलोरेट पार्टीमा रमाइरहेका बेला प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी भने प्रियंकासँगको फोटो पोष्ट गरेर ‘मिस यु’ भनिरहेका छन् । उक्त तस्बिरमा प्र
अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ?

अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ?

Posted in मनोरंजन
बलिउड अभिनेता अभिषेक बच्चनले मनमर्जिया फिल्ममा गरेको अभिनयको धेरैले तारिफ गरेका थिए । उनले एक सस्पेन्स थ्रीलर फिल्मको घोषणा गरिसकेका छन् ।हालै अभिषेकले सामाजिक सञ्जालमार्फत फेरि सरप्राइजको घोषणा गरेका छन् । योसँगै फ्यानले ऐश्वर्या राय गर्भवती भएको अड्कल काट्न थालेका छन् ।बुबा अमिताभ बच्चनजस्तै अभिषेक पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । फ्यानलाई उनले अपडेट दिइरहेका हुन्छन् । हालै उनले ट्वीटरमा लेखे, ‘साथी हो, तपाईं सबैका लागि एक सरप्राइज छ, जोडिँदै गर्नुस् ।’ अभिषेकले यो पोस्ट गरेपछि उनका फ्यानले सरप्राइज जान्नका लागि कमेन्ट गरेका छन् । धेरैले अभिषेक पुन: बुबा बन्न लागेको अड्कल काटेका छन् ।यद्यपि अभिषेकले के शेयर गर्न लागेका हुन् भन्ने अहिले कसैलाई थाहा छैन । उनले कुनै फिल्मको घोषणा पनि गर्न लागेका हुनसक्ने कतिपयको अनुमान छ ।अभिषेकले नायिका ऐश्वर्या रायसँग बिहे गरेका थिए । यी दुईकी एक
मिस नेपाल अनुष्का श्रेष्ठको आज जन्मदिन, कति बर्ष पुगिन् ?

मिस नेपाल अनुष्का श्रेष्ठको आज जन्मदिन, कति बर्ष पुगिन् ?

Posted in मनोरंजन
मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठको आज जन्मदिन परेको छ । उनले miss word मा समेत उनले राम्रो प्रभाव जमाएर चर्चा बटुल्न सफल भएकि थिईन उनै अनुष्का आजबाट २५ बर्षमा लागेकी छिन् । नेपाली विकिपिडिया अनुसार सन् १९९६ मे १४ मा उनको जन्मदिन परेको छ । तर अनुष्का श्रेष्ठले भने आफ्नो जन्मदिन आज माघ ८ गते रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् । उनले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनमा टिका लगाउदै गरेको सुन्दर तस्वीर शेयर गरेकी छिन् ।
‘नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन ’

‘नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन ’

Posted in मनोरंजन
गायिका प्रितीआले मगरको नाइट लाइफसँग ग’हिरो प्रेम छ । कुनैबेला दोहोरी साँझमा काम गर्दादेखि बसेको यो प्रेम अहिले ग्राहकका रुपमा पनि उस्तै छ । उनी स्टेज कार्यक्रमका लागि जुनसुकै देश जाँदा पनि नाइट लाइफमा रमाएकै हुन्छिन् । उनी विशेष गरी नाइट क्लबमा नाच्न र गजल साँझमा गीत सुन्न रुचाउँछिन् । नाइट लाइफसँग जोडिएका केही रोचक किस्सा उनले यसरी सुनाइन्: रातभरि क्लबमा- कार्यक्रमका लागि कोरिया जाँदाखेरी हामीले एक रातमा चारवटा नाइट क्लब चहारेका थियौं । त्यो दिन म कहिल्यै बिर्सन्न । एकदमै रमाइलो भएको थियो । त्यस्तै युके जाँदाखेरी मसँग एकजना नायिका हुनुहुन्थ्यो । दुईजना सँगै क्लब गएका थियौँ । नायिकाज्यूको झ्याउरे नाच देखेर विदेशीहरु अनौठो मानेर हेरिरहेका थिए । त्यतिबेला एकदमै हाँसो उठेको थियो । ग्राहकले मुख छाडेपछि… संघर्षको सुरुवाती चरणमा म पोखराको दाहोरीसाँझमा काम गर्दाको कुरा हो । एक हुल केटा
ए मेरो हजुर ४ मा अनमोल-सुहानापछि सलोन बस्नेत फाइनल

ए मेरो हजुर ४ मा अनमोल-सुहानापछि सलोन बस्नेत फाइनल

Posted in मनोरंजन
काठमाडौ, ७ माघ । झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ए मेरो हजुर ४ मा नायक अनमोल केसीपछि सलोन बस्नेत अनुबन्ध भएका छन् । ‘ए मेरो हजुर २’ को सफलतापछि लोकप्रियताको उचाईमा पुगेका सलोनलाई यसको चौथो सिक्वेलमा पनि अनुबन्ध गरिएको हो । हाल सलोनको हातमा चलचित्र नै चलचित्र रहेका छन् । कमेडी फिल्ममा अत्याधिक रुचाइएका सलोनको लक्का जवान रिलिज हुने तयारमा रहेको छ । सुश्री सम्पति, बाबु कान्छा, यात्रा बद्री बहादुर, घनचक्कर, आभाष जस्ता दर्जनौ चलचित्रमा अभिनय गरेका उनि अब भने चलचित्र ए मेरो हजुर ४ मा पनि फाइनल भएका हुन् । यस चलचित्रमा यसभन्दा अघि नै अनमोल र सुहानालाई मुख्य भूमिका दिइने कन्फर्म भैसकेको छ । अनमोल र सुहानको जोडीलाई ‘ए मेरो हजुर ३’मा दर्शकले अत्याधिक रुचाएका थिए ।
रिमाको प्रश्न – नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ?

रिमाको प्रश्न – नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ?

Posted in मनोरंजन
गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् । यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर पनि प्रश्न गरेकी छिन् । रीमा लेख्छिन्–‘देशमा दिनानु दिन जघन्य अ’पराध घटिरहँदा अनी ठूला अ’पराधी रिट र तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त हामी असुरक्षित छौं । अझ, विमानस्थलको सामान्य नोकझोकलाई लिएर नागरिकविरुद्ध मुद्दामा ओर्लिएको प्रहरी संगठनले आम नागरिकमा प्रहरी प्रशासनमाथि विश्वास भन्दा बढी ड’र पैदा गरेको छ ।’ रीमाले सामान्य घ’टनालाई मुद्दामा लैजाने प्रहरीले ठूला ठूला घ’टनामा भने मौनता देखाएको भन्दै आ’लोचना गरेकी छिन् । यो पनि पढ
गायिका टीका सानुलाइ कसले के गर्याे , पढ्नुहोस् टीका सानुको मार्मिक स्टाटस्-

गायिका टीका सानुलाइ कसले के गर्याे , पढ्नुहोस् टीका सानुको मार्मिक स्टाटस्-

Posted in मनोरंजन
काठमाडौं — लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम यतिबेला दुइदिने सांस्कृतिक कार्यक्रमको दिल्ली प्रस्थान गरेको छ । तर, उक्त कार्यक्रममा गायिका टीका सानूको सहभागीता नहुँदा धेरै दर्शक सोधपुछ गरेपछि गायिका सानूले स्पष्टीकरण दिएका छन् ।पढ्नुहोस् गायिका टीका सानूको स्टाटस् :सन्सार कै लोकप्रिय कार्यक्रम इन्द्रेणी समूह अहिले कार्यक्रम को लागि नया दिल्ली पुगेको छ । यस्मा म निकै खुशी छु ।अहिले को नया दिल्लिको कार्यक्रम मा हजुर किन न आयको भनेर मलाइ हजारजना मेरा दर्सकस्रोताहरुले मलाइ sms गरेर सोध्नुभयो मैले यकयक गरि सबैलाइ जवाफ दिन सकिन । तेसैले मेरो आधिकारिक लाइक पेज बाट सबैलाइ यकमुस्ट जानकारी गराउदै छु । इन्डिया बाट कार्यक्रम को कुरा गर्न आउनुभयको दाइ ले भन्नुभयछ ,, इन्द्रेणी टिम लानी टीका बाहेक को ।कृष्ण दाइ ले सोध्नुभयछ किन? उहाले उत्तर दिनुभयछ कि तिज सिजन मा कतार मा मेरो साथिले आयोजना गरेको कार्यक्
प्रियंका कार्की थाइल्याण्डमा ब्याचलर पार्टी मनाउदै, विवाह कहिले ?

प्रियंका कार्की थाइल्याण्डमा ब्याचलर पार्टी मनाउदै, विवाह कहिले ?

Posted in मनोरंजन
काठमाडौं / गएको २ वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेका छन् । तर, विवाहको मिति भने अहिलेसम्म्म टुंगो लाग्न सकेको छैन । उनीहरु यस वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवैतर्फका परिवारको समय नमिलेपछि विवाह हुन सकेन । गएको महिना अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले परिवारका सदस्यहरुको समय नमिलेका कारण यस वर्ष विवाह नहुने बताएकी थिइन् । तर, बुधवार आफ्ना केही नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा सुरु भएको छ । उनले इन्स्टाग्राम स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरु पोष्ट गरेकी छन् । उनी ब्याचलर पार्टी मनाउन सहाना बज्राचार्य, सिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीसँग थाइल्याण्ड प्रस्थान गरेकी हुन् । अभिनेत्