Thursday, April 2

Author: admin

दुःख खेप्दै सीमामा अलपत्र नेपाली, भन्छन् ‘चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ

दुःख खेप्दै सीमामा अलपत्र नेपाली, भन्छन् ‘चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ

Posted in समाचार
सुर्खेत – “चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना नपाएर भोक भोकै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्रहरीको दुव्र्यवहार खेपेर बस्नुपर्ने हो ?” रासससँग कुरा गर्दै जमुनाह नाका नेपालगञ्जबाट सिञ्जा गाउँपालिका ५ जुम्लाका जनक शाहीले दुखेसो व्यक्त गर्नुभयो । उहाँका अनुसार भारतका विभिन्न प्रान्तबाट काम गरेर फर्किएका मध्यपश्चिम नेपालका १५ जिल्लाका १७२ नेपाली बाँके जमुनाह नाकामा चार दिनदेखि अलपत्र छन् । अलपत्र नेपालीको भिडियो, फोटो खिच्न धेरै पत्रकार र प्रशासनका मान्छे आएपनि आफूहरुको उद्धार नभएको पीडित शाहीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ न नेपालको प्रहरीले नेपाल पस्न दिन्छ नत भारतीय प्रहरीले फर्कन । न खान पाएका छौ नत पानी पिउन नै । यस्तो हालत सामाजिक सञ्जाल, मिडियामा आएको र प्रहरी प्रशासनले थाहा पाउँदा पनि किन हामीमाथि वेवास्ता ? संकटमा अरु देशले आ
परदेशी जीवन : कमाउँदा हाई हाई, दुःख पर्दा कोही न कोही

परदेशी जीवन : कमाउँदा हाई हाई, दुःख पर्दा कोही न कोही

Posted in समाचार
कृष्ण ढुङ्गाना, मलेसिया अहिले म मलेसियामा छु । कोरोनाको त्रास नहुँदा त काहालीलाग्दो यो परदेशमा झन् कोरोना थपिएको छ । डरको के कुरा गर्नु ? भागेर जाउँ कुन ठाउँ जाउँ, कोरोना नपुगेको सहर नै छैन । मनमा कोरोनाको डर बोकेर काम गर्नुपर्दा त जिन्दगीकै भर छैन, के दुःख गर्नु झैं लाग्ने । संसारभर फैलिएको कोरोनाको तथ्याँक हेर्छु अनि नेपाली धेरै भएको देशको हेर्छु । सबैभन्दा धेरै त मलेसियामा सङ्क्रमितको सङ्ख्या पो रहेछ । अहिले खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङक्रमितको सङ्ख्या धेरै छ । यो सङ्ख्याले पनि सातो लगेको छ अहिले त । म मात्र हो र, मेरा साथीहरुको पनि मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेजस्तै मुटुको धड्कन पनि बढेको छ । अझ मेरो त कम्पनीमा काम पनि चलिरहेको छ । काम नगरौं कम्पनीको डर, काम गरौं कोरानोको डर । यो अवस्थामा काम गर्नुपर्दा त सङ्क्रमित भइन्छ कि झैं लाग्दोरहेछ । यस्तो कुरा सोच
दुई देशको सरकारबीच सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई

दुई देशको सरकारबीच सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई

Posted in समाचार
२० चैत, काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिव’द्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री ख’रिदका लागि टेण्डर आह्वान गरेन । ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको वि’वादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरुसँग बिहीबार कोटेसन माग्ने बताएका थिए । बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए । उनीहरुले पूर्वप्रतिवद्धताअनुसार आम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउन बताएका थिए । तर विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज प्रक्रिया सुरु गरिएन’ विभागका महानिर्देशक श्रेष्ठले भने । स्रोतकाअनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्ततरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामाग्री ल्
कोरोना भाइरसबारे राउटेको बुझाइ : जङ्गलका राजालाई शहरको महामारीले छुँदैन !

कोरोना भाइरसबारे राउटेको बुझाइ : जङ्गलका राजालाई शहरको महामारीले छुँदैन !

Posted in समाचार
वीरेन्द्ननगर– ‘कोभिड १९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ । तीमध्ये हजारौँ व्यक्ति गम्भीर स्वास्थ्य अवस्थाकाबीच अस्पतालमा उपचाररत छन् । यो महामारीको रोकथाम र नियन्त्रणका लागि विश्वजगत प्रयासरत रहँदा नेपालले पनि यसको रोकथामका प्रयास जारी राखेको छ । रोकथाम र नियन्त्रणको प्रयासस्वरुप नेपाल सरकारले देशैभर लकडाउनको नीति लिएको छ र आज लकडाउनको दशौँ दिन पुग्दैछ । यसरी सिङ्गो मुलुक नै कोरोना भाइरसको सम्भावित जोखिमविरुद्ध जुधिरहेका बेला पूर्वीसुर्खेतको भेरीगंगा नगरपालिकालाई भने एउटा नयाँ खालको चुनौति थपिएको छ– फिरन्ते राउटे समुदायलाई यसको सङ्क्रमणबाट कसरी जोगाउने ? नेपालमा अन्यत्रजस्तै यस क्षेत्रम
कोरोना रोकथामका लागी नेपाल टेलिकमले सरकारलाई दियो १२ करोड

कोरोना रोकथामका लागी नेपाल टेलिकमले सरकारलाई दियो १२ करोड

Posted in समाचार
काठमाडौं । नेपाल टेलिकमले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्रीद्वय खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरे । सो अवसर
बच्चामा कोरोना लाग्दैन भन्ने भ्रम सकियो, भारतमा ३ दिनको शिशुमा कोरोना संक्रमण

बच्चामा कोरोना लाग्दैन भन्ने भ्रम सकियो, भारतमा ३ दिनको शिशुमा कोरोना संक्रमण

Posted in समाचार
काठमाडौं । कोरोना भाइरस सामान्यतयाः पाको उमेरका मान्छेहरुमा बढी देखिने जानकारहरु बताउँछन् । तर कोरोनाबारे कसैसँग केही ठोस जानकारी भने छैन । यसको संक्रमण कसरी हुन्छ लगायत कुराहरुमा आज विश्व जानकार छैन । सामान्य रुपमा हेर्दा हात धुने, मान्छेहरुसँग हात नमिलाउने, खोकी, ज्वरो र श्वास फेर्न समस्या भएका अस्पताल जानु भन्ने गरिएको छ । कतिपयले कोरोना संक्रमणको सिकार भएकाहरुले गन्ध र स्वाद पनि थाहाँ पाउँदैनन् भन्ने गरेका छन् । यो सत्य हो कि अहिले ज्यान गुमाउनेहरुमा धेरै पाको उमेरका मान्छेहरु रहेका छन् । तर यसको यो अर्थ होईन कि बालबालिकालाई संक्रमण हुँदैन । भारतको महाराष्ट्रमा तीन दिनको शिशुमा पनि कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । शिशुसँगै २६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन । शिशुको जन्म मार्च २६ तारिख अर्थात चैत्र १३ गतेमा मुम्बईको चेम्बर
देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रो’दनले मुटु छोएको छ, सी’मानामा अ’लपत्र परेका नेपालीहरुको उद्धार गरौँ : नायिका रेखा थापा

देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रो’दनले मुटु छोएको छ, सी’मानामा अ’लपत्र परेका नेपालीहरुको उद्धार गरौँ : नायिका रेखा थापा

Posted in समाचार
काठमाडौँ, चैत,२०। नायिका रेखा थापाले मातृभूमिमा पुग्न हप्तौं हिडेर सी’मासम्म आईपुगेका नेपालीहरुको उद्धार गर्न सरकारसँग माग गरेकी छन्। बुधबार सामाजिक सञ्जाल फेशबुक मार्फत नायिका थापाले यस्तो माग गरेकी हुन्। विश्व म’हामारीका रुपमा फैलिएको को’रोना भा’इरस (कोभिड-१९) बाट बच्न र बचाउनका लागि निरन्तर सचेतना सन्देश दिइरहेकी नायिका थापाले पछिल्लो समय सी’मासम्म आइपुगेका नेपाली मज्दुरहरुका पी’डाका बारेमा बोलेकी छन्। सी’मामा सुत्केरीसमेत भोकै बस्नुपरेको समाचार आइरहँदा नायिका रेखा थापाले यी घ’टनाले मुटु छोएको बताएकी छिन् । रेखाले लेखेकी छिन्, ‘आर्थिक बाध्यता र देशमा श्रम र सिर्जनाको अवसर नपाएर विदेसिन बा’ध्य लाखौं नेपाली खासगरी नेपाल भारत सी’मामा आएर आफ्नो देश छिर्न पाऊँ भन्ने प्यारा दाजुभाइ दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ । उनले सी’मामा अ’लपत्र परेका नेपालीले आएर क्वारेन्टाइनमा बस्छौं, जहाँ ब
फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

Posted in रोचक
दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आफ्ना छुट्टै बिशेषता बोकेको छ । राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्। स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो । साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूक
को’रोना संक्रमण भएमा १० हजार र स्वास्थ्यकर्मीको मृ’त्यु भए ५ लाख दिने निर्णय

को’रोना संक्रमण भएमा १० हजार र स्वास्थ्यकर्मीको मृ’त्यु भए ५ लाख दिने निर्णय

Posted in समाचार
दोलखा, दोलखाको शैलुङ गाउँपालिकाले पालिकाभित्रका व्यक्तिहरुमा को’रोना संक्रमण भएमा उपचार र एम्वुलेन्स खर्च दिने भएको छ ।गाउँपालिकाको आज बसेको गाउँ कार्यपालिकाको बै’ठकले पालिका भित्रका नागरिकमा को’रोना भाईरस संक्रमण देखिएमा प्रतिव्यक्ति १० हजार उपचार खर्च र थप उपचारका लागि एम्वुलेन्स भाडा दिने निर्णय गरेको हो । गाउँपालिकाले को’रोना भाईरस संक्रमण वि’रुद्धको अ’भियान सञ्चालन गर्नेहरुमा को’रोना संक्रमण देखिएमा पनि १ लाखसम्म उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको गाउँपालिका अधयक्ष भरत दुलालले जानकारी दिएका छन । उनकाका अनुसार गाउँपालिकाले स्थानीय समन्वय समिति र वडा समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी र प्रहरी संक्रमित भएमा १ लाख सम्म उपचार खर्च र मृ’त्यु भएमा ५ लाख राहत उपलव्ध गराउने निर्णय गरेको हो ।अहिले सम्म नेपालमा ६ जनालाई को’रोना संक्रमण देखिएकोमा १ जना निको भएक
कोरोना रोकथाम कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

कोरोना रोकथाम कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

Posted in समाचार
काठमाडौँ, २० चैत – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरुले पनि सहयोग उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । मानवीय सङ्कट आउन नदिन र दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले खाद्य सामग्री अभाव हुन नदिन महासङ्घले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराएको महासङ्घले जानकारी दिएको छ । महासङ्घले विपत्को घडिमा अहोरात्र खटेर साथ दिनुहुने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष धन्यवाद दिएको छ ।(रासस)