Saturday, April 4

कोरोना नि’य’न्त्रण पछि चीनले सोध्यो, ‘नेपाललाई कस्तो सहयोग चाहिन्छ, मास्क र औ’षधीसहित मेडिकल टिम पठाऊन तयार छौं’

March 17, 2020 124

कोरोना भा’इरस सं’क्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना वि’रुद्ध ल’ड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।

नेपाल कोरोना सं’क्रमणको सम्भावित द’बावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।

चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– ”के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं ।”

Loading...

प्रतिकृया दिनुहोस्