समाचार

लागू औषधसहित तीन जना प्रक्राउ

धरान / लागू औषधसहित तीन जनालाई भिन्दाभिन्दै स्थानबाट धरान प्रहरीले प्रक्राउ गरेको छ । बुधबार धरान ८ तीनकुने चेकपोष्टबाट दुई जना र धरान १३ सुम्निमा चौकबाट एक जनागरी तीनजालाई लागु औषधसहित प्रक्राउ गरेको हो ।

धरान ८ तीनकुने चेकपोष्टबाट धरान २ का सनम शाक्य र धरान ८ का अभिषेक तामाङलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई बुधबार शंका इटहरीबाट धरानतर्फ आउदै गरेको सवारी साधनमा चेकजाच गर्ने क्रममा तीनकुने प्रहरी चेकपाष्टले झोलामा लुकाएर ल्याउदै गरेको अवस्थामा लुपिजेशिक ८१, एभिल ८१ र डाइजेलाभ ८१ एम्पुल प्रक्राउ गरेको हो ।

यसैगरी धरान १३ सुम्मिना चौकबाट लुपिजेशिक १०, एभिल १० र डाइजेलाभ १० एम्पुलसहित धरान १७का दनी राईलाई प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । प्रक्राउ परेका तीनै जनालाई लागू औषध कारोबार ऐन अनुसार कारबाही अगाडि बढाइएको डिएसपी न्यौपानेले जानकारी दिनुभया ।

Related Articles

Back to top button
Close