Thursday, April 2

सोलुखुम्बुबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानको अवतरणका क्रममा टायर पन्चर भए पछी…

January 13, 2020 308

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमानको टायर पन्चर भएको छ । विमान सोलुखुम्बुको फाप्लुबाट आएको थियो ।फाप्लु विमानस्थलबाट आएको नाइनएन एबीयू कलसाइनको ट्वीन अटर विमान विहान ८ बजेर ३४ मिनेटमा अवतरण गरेको थियो । अवतरणका क्रममा टायर पन्चर भए पनि अन्य क्षति भने नभएको विमानस्थलका एक अधिकारीले बताए । विमानमा भएका सबै यात्रुहरु सकुशल छन् । त्यस्तै राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सले जापनकाे ओसाका छाडेर नारिता उडान भर्ने भएकाे छ।

एयरलाइन्सले यही मार्च २ देखि नारिता उडान भर्ने भएकाे हाे। सेक्टेम्बर १ देखि सातामा कहिले २ र कहिले ३ उडान गर्दै आएकाे नेपाल एयरलाइन्सले मार्च २ देखि ओसाका उडान बन्द गर्दै नारिता उडान गर्न लागेकाे हाे। निगम स्राेतका अनुसार नेपाल एयरलाइन्सले ओसाका उडानमा झन्डै १५ कराेड रुपैयाँभन्दा बढी घाटा बेहाेर्ने छ। अहिलेसम्म १२ कराेड घाटा बेहाेरेकाे नेपाल एयरलाइन्सले अन्तिम उडानसम्म उक्त घाटा बेहाेर्ने भएकाे हाे।नेपाल वायुसेवा निगमकाे सञ्चालक समितिबाट नारिता उडान गर्नुकाे सट्टा ओसाका उडान गरेकाे विषयमा विराेध भएकाे थियाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ६१औं वार्षिक उत्सव समाराेहमा सार्वजनिक रुपमा नै नारिता उडान नगरेर ओसाका उडान किन गरेकाे? भन्दै प्रश्न गरेका थिए। तर, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जापानकाे कन्ट्री म्यानेजर सन्ताेष पाण्डेलाई बनाउँदै उनकै मिलेमताेमा नारिता उडानकाे सट्टा ओसाका उडान गरेका थिए।केही समय अगाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समेत अध्यक्ष खरेललाई मन्त्रालयमा बाेलाएर जापानले नारिता उडानमा अनुमति दिँदादिँदै किन हाम्राे याेजनामा नारिता उडान परेन भन्दै जवाफ पठाएकाे र ओसाका उडान गरेकाे? भनी प्रश्न गरेका थिए।

Loading...

प्रतिकृया दिनुहोस्