समाचार

५०० भन्दा बढी नर्सले दिए सामुहिक राजिनामा, दर्जनौ अस्पताल रित्त्तै

काठमाडौं । छिमेकी देश भारतको पश्चिम बंगाल राज्यका विभिन्न निजी अस्पतालबाट पाँच सयभन्दा बढी नर्सको सामुहिक पलायनपछि अस्पतालमा संकट उत्पन्न भएको छ । निजी अस्पतालमा काम गर्ने अर्को राज्यका नर्सहरुले सामुहिक पलायनको बाटो रोजेपछि यस्तो समस्य आइपरेको बीबीसीमा जनाइएको छ । स्वास्थ्य क्षेत्रका आधारभूत रुपमै अल्झिरहेको अवस्थामा पश्चिम बंगालमा गम्भीर धक्का पुगेको बताइएको छ ।

पछिल्लो चार दिनमा मणिपुर, मिजोरम, त्रिपुरा र ओडिशाका ५ सय बढी नर्सले काम छोडेर आफ्नो गृहजिल्ला फर्किसकेका छन् । गृह राज्यका आफ्नै स्थानमा नर्सको माग भएकाले उनीहरु पलायन भएको अनुमान लगाइएको छ ।

यो पनि रोल्पाको आइसियुमा मृत्यु भएका युवकमा कोरोना संक्रमण छैन

दाङ । जिल्ला अस्पताल रोल्पाको आइसियुमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। गत सोमवार मृत्यु भएका युवाको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

यस्तै, प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल , स्वास्थ्य कार्यालय दाङ, दाङमा रहेका क्वारेन्टाइनबाट संकलण गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए। प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।

Related Articles

Back to top button
Close