समाचार

नवलपरासीकी कोरोना संक्रमित: नवलपुर माईती, बुटवल घर अनि काठमाडौंमा बस्छिन् !

आज मंगलवार २७ जना नयाँ संक्रमित भेटिएसँगै नवलपरासीका थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

नवलपरासी २ जिल्लामा बिभाजन भएपछि बनेका पुर्बी र पश्चिमी जिल्ला मध्ये संक्रमित कुन जिल्लाको हो भनेर नखुल्दा यहाँ त्रास फैलिएको थियो ।

यो पढ्न छुटाउनु भयो कि
नर्सको सम्पर्कमा रहेका धनकुटाका ५ व्यक्तिमा कोरोना संक्रमण
बैशाख २६ गते रौतहटबाट आएका आज काठमाडौंमा भेटिएका कोरोना संक्रमित
सरुवा रोग नियन्त्रण कार्यालयकै चिकित्सकमा देखियो कोरोना पोजेटिभ
संक्रमित महिलाको स्थायी घर बुटवल भए पनि उनले आफ्नो माईती घर रहेको जिल्ला ठेगानामा उल्लेख गरेको बुझिएको छ ।

यद्यपी उनको माईती नवलपुरको कुन पालिका हो भनेर अझै स्पष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

ती संक्रमितको नमुना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको हो ।

अहिले उनलाई काठमान्डौंमै रहेकाले त्यहिबाट सम्पर्कमा लिएर अस्पताल लैजाने तयारी भैरहेको बुझिएको छ ।

यसअघि नवलपुरका एक जनामा जेठ १ गते कोरोना पुष्टि भएको थियो । देबचुली १२ का नवलपुरका पहिलो संक्रमितको भरतपुर स्थित कोररोना अस्थायी अस्पतालको आईशोलेशनमा छन् ।

Related Articles

Back to top button
Close