Friday, February 28

इरानमाथि यस्तो आरोप लगाउंदै, ओलम्पिकमा ऐतिहासिक पदक विजेता इरानी खेलाडीद्वारा देश छोड्ने घोषणा !

January 13, 2020 178

काठमाडौं । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् ।

इरानमा कायम रहेको ‘पाखण्ड, झुट, अन्याय तथा चाप्लुसी’ को भागिदार बन्न नचाहेको उनले उल्लेख गरेकी छन् । इरानमा महिलाहरुको अवस्था नाजुक रहेको बताएकी उनले समस्यामा रहेका इरानका लाखौँ महिलामध्ये आफू पनि एक रहेको किमियाले बताएकी छन् ।

आफू अहिले रहेको स्थानबारे किमियाले केही बताएकी छैनन् । तर इरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणका कारणमा हाल नेदरल्याण्डसमा रहेको दाबी गरेका छन् ।

उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् । इरानका अधिकारीले आफ्नो सफलतालाई उनीहरुको प्रोपोगाण्डाका लागि प्रयोग गरेको किमियाले आरोप लगाएकी छन् ।

Loading...

प्रतिकृया दिनुहोस्