Friday, February 28

जापान जान हिँडेका कृष्ण बिचबाटोबाट नै सँधैका लागी अस्ताए, वर्ष दिनकी छोरी बनिन् टुहुरी

January 13, 2020 562

काठमाडौँ । जापान जान हिँडेका पर्वतका एक युवकको नि*धन भएको छ । पर्वतको कुश्मा नगरपालिकाका अन्दाजी ३० वर्षका कृष्ण प्रसाद तिवारी जापान जान भनेर भारतको बाटो हुँदै हिँडेका थिए । तर जन्डिस रोग आँफु भित्र भित्रै पालेका कृष्णलाई पत्तै थिएनकी आजको यो दिन आउँछ भन्ने ।
जापानको यात्रामा निस्किए पनि उनी बिचबाटोमा बिरामी परेको भने पत्तो पाए । र भारतमा नै आँफन्तको जिम्मा लगाइदिएर जापान जाने एजेन्ट पन्छिए। आफन्तले उनलाई भारतबाट नेपाल ल्याउँदा उनी अचेत भइसकेका थिए ।

अस्पतालले जन्डिसका कारण कृष्णको नि*धन भएको पारिवारिक स्रोतले ओएस नेपाललाई जानकारी दियो । यसअघि मलेसिया, दुबई लगायतका खाडी मुलुक पुगेर आएका कृष्णको जापान जाने सपना त अधुरो रह्यो नै उनले ३ वर्ष अगाडी विबाह गरेकी पत्नि र वर्ष दिनकी छोरीलाई नभनी सुटुक्क गएका छन् ।

कृष्णको परिवारमा २ दाई र आमा छन् । कृष्ण परिवारका कान्छा छोरा हुन् । मिलनसार र समाजमा निकै सहयोगी स्वभावका कृष्णको अल्पायुमानै भएको निधनले सिंगो कुश्मा नै शोकमा डुबेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्