Banner newsसमाचार

एक दर्जन जिल्लाका एनसेल टावरमा वि*ष्फो*ट र आ*गजनी, नेपाल टेलिकमको टावर पनि ज*लाइयो

काठमाडौं, १६ साउन । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आ*गजनी र वि*ष्फो*ट गराएको छ । नेपाल टेलिकमका टावर पनि आ*गजनी गर्न छोडेका छैनन् । टावरमा आ*गजनी गरेका कारण कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आ*गजनी र वि*ष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आ*गजनी भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आ*गजनी गरिएको थियो । यद्यपि आ*गजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन ।

आ*गजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । आ*गजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घ*टनास्थल पुगेकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्दै कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आ*गजनी भएको छ । गएराति करिब ८ बजे आ*गजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । आफ्ना कार्यकर्तालाई प*क्राउ गरेको विरोधमा नेत्र विक्रम चन्द विप्लव समुहले हिजो नेपाल बन्द आह्वान गरेको थियो । बन्दको काठमाडौंमा प्रभाव नपरेको भएपनि अन्य जिल्लामा वि*स्फो*ट र आ*गजनीका घटना भएका थिए । टावरमा गराइएको वि*स्फोट र आ*गजनीको जिम्मा अहिले सम्म कसैले लिएको छैन । तर प्रहरीले भने विप्लव समुहले नै आ*गजनी र वि*स्फोट गराएको अनुमान गरेको छ ।

Related Articles

Back to top button
Close