अन्तर्राष्ट्रिय समाचार

भारतले चीनलाई कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्यामा उछिन्यो भारतमा अर्को महिना भित्र हुदै छ ठुलो क्षेति

गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा एक लाख जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि यो एशियामा सर्वाधिक सङ्ख्या हो। यसअघि चीनमा सर्वाधिक सङ्क्रमित थिए। राज्य सरकारहरूले कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यो सङ्ख्या पुगेको हो। भारतमा सङ्क्रमणको उत्कर्ष जुन महिनामा पुग्ने बताइएको छ।

भारतमा कोरोना भाइरस संक्रमण फैलिने डर गरिएको लकडाउनका आज ५६ औं दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनलाई मे ३१ सम्म लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।
भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । भारतमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार १६३ जनाको निधन भएको छ । संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेका आज बिहानसम्म प्राप्त समाचारमा जनाइएको छ ।
यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । गृह मन्त्रालयद्धारा गत आइतबार साँझ जारी नयाँ दिग्दर्शनअनुसार संक्रमणको जोखिम हरेर क्षेत्र अधिकार प्रदेश तथा केन्द्र शासित राज्यहरुले क्षेत्र निर्धारण गर्न पाउनेछन् । यसअघि केन्द्र सरकारले नै त्यस्ता क्षेत्र निर्धारण गरेको थियो ।

भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने
लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो देखिएको बताइएको छ । मङ्गलबार सो संस्थाले उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । भारतमा शिक्षालगायतका विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तिहरुमा गरेको उक्त सर्वेक्षणले यो अवस्था देखाएको उक्त संस्थाले जनाएको छ
यस सर्वेक्षणमा उक्त संस्थाले २ हजार ३२३ जनालाई प्रश्न सोधेको थियो । तीमध्येका ६० प्रतिशत भन्दा बढीले आगामी दिनमा पनि आफूहरुले अनलाइनको माध्यमबाट अध्ययन गर्ने जनाएका हुन् ।
उक्त सर्वेक्षणले अध्ययन गर्ने प्रयोजनका साथै अन्य कामहरु पनि भारतीय नागरिकहरुले अनलाइनको प्रयोगलाई बढाएका पनि सो सर्वेक्षणले देखाएको छ ।

यीमध्येका ६० प्रतिशतले आफूहरुले औद्योगिक विषयको ज्ञान पनि अनलाइनबाटै लिन चाहेको बताएका थिए भने अरु ५७ प्रतिशत नागरिकले आफ्नो व्यवसाय या कामलाई अझ बढी प्रभावकारी बनाउने भन्ने कममा अनलाइन प्रयोग गर्न चाहेको तथा ४५ प्रतिशतले आफ्नो सञ्चार प्रक्रियालाई के कसरी प्रभावकारी बनाउने भन्ने चाहेका सो सर्वेक्षणमा देखिएको छ ।

ढाकाबाट १६९ जना भारतीयको उद्धार
बंगलादेशमा अलपत्र परेका १६९ जना भारतीय नागरिकलाई एयर इन्डियाको बिमानबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ११९ जना छात्रा छन् । उनीहरु सबै भारतको जम्मु काश्मिरका रहेका छन् ।एयर इन्डियाको बिमानले उनीहरु सबैलाई मंगलबार अपराह्नसम्ममा श्रीनगर पु–याउने अपेक्षा गरिएको बंगलादेशका लागि भारतीय उच्चायुक्तको कार्यालयले जनाएको छ ।

विद्यार्थीहरुले बंगलादेश र भारत सरकारले संकटका समयमा आफूहरुलाई सक्दो मद्दत गरेकामा आभार व्यक्त गरेका छन् । भारतले गत मे १६ देखि विभिन्न देशमा अलपत्र परेका भारतीय नागरिकको हवाई उद्धार शुरु गरेको थियो । दोस्रो चरणमा भारतले ४० वटा मुलुकमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन १४९ वटा उडान भर्ने योजना बनाएको भारत सरकारले जनाएको छ ।

Related Articles

Back to top button
Close