समाचार

चीनबाट सेनाले ल्यायो १९ टन अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरस रोकथामका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याएको छ ।

जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत मंगलबार बिहान सामान ल्याएको हो । सामान लिनका लागि सोमबार बेलुका गएको विमान मंलबार बिहान आएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो । त्यस अन्तर्गत पहिलो विमानमा मंगलबार १८ हजार ८४३ किलो सामान ल्याइएको हो । ग्लोब्स, मास्क, फेस मास्क, गाउनसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) र अरु अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइएको हो ।

Related Articles

Back to top button
Close