समाचार

कम्बोडियामा नेपाली नागरिक अलपत्र, धेरै दिन देखी भोकभोकै बस्नु परेको भन्दै नेपाल सरकार लाई उद्धारको लागी अनुरोध

कम्बोडियामा तिन नेपाली नागरिक अलपत्र भएर , खाना नपाएर बसेको धेरै दिन भयो। एक हप्ता अघि भिडियो रिलिज गरि नेपाल सरकार लाई उद्धार गर्नु अनुरोध गरेका थिए। आज को मिति सम्म कतै बाट केहि सुनाई भएन भन्दै आज सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनिहरुलाई सहयोगको लागि अपिल गरेका छन। भनेका छन् :-

सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनिहरु,
“पुन बिषय यो छकी हामी कम्बोडियामा अहिले धेरै दिन देखी भोकभोकै बस्नु परेको छ र रूम भाडा नहुदा हामिलाइ अबको २ दिनमा पैसा नबुझाय रूम बाट निकाल्दिने भन्दै रूम साहुले धम्काइ रहेको छ। तेसैले हामिलाइ यहा आर्थिक सामाजिक जस्ले जहा बाट जे सक्नु हुन्छ तेसरी नै सहयोग गरिदिनु हुना सबैलाइ अनुरोध गर्दै हजुरहरुले हाम्रो दुखलाइ बुझेर जसरी पनि हामिलाइ सहयोग गरिदिनु हुनेछ भन्ने पुर्ण आसा राखेका छौ धन्यवाद। ”
मिति २०२० /०५ /१८
निवेदक हामी-
पुर्ण खड्का सिन्धुपाल्चोक
रामकुमार चन्द रुकुम
धर्म राज थापा संखुवासभा
कन्ट्याक नम्बर ००८५५९३५७९०५१

विश्व भरि छरिएर बसेका नेपाली दाजु भाई दिदि बहिनिको सानो सहयोगले नेपाली नागरिकले बिहान बेलुका खाएर ज्यान जोगाएर सुरक्षित रहने अवसर मिल्ने र मातृभूमि पर्किन नेपाल सरकारको पहल छिटो भन्दा छिटो भए नेपाली नागरिक जन्मभूमि फर्किएर आमाको न्यानो काखमा रम्ने थिए कि ?

Related Articles

Back to top button
Close