अन्तर्राष्ट्रिय समाचार

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघ्यो, लकडाउन खुकुलो पार्नाले झन् जोखिम उच्च (विश्वभरको अपडेटसहित)

काठमाडौँ, ६ जेठ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमित छिमेकी राष्ट्र भारतमा एक लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ३२८ पुगेको छ ।

त्यसै गरि कोरोनाका कारण भारतमा हाल सम्म ३ हजार १५६ जनाको ज्यान गइसकेको छ । निको भएर घर फर्किनेको संख्या भने ३९ हजार २३३ जना रहेको छ । भारतमा सोमबार ४ हजार ६३०, आइतबार एकै दिन ५ हजार ५० र शनिबार ४ हजार ९८७ नया संक्रमित भेटिएको छ । त्यस्तै शुक्रबार ३ हजार ७८७ र बिहिबार ३ हजार ९४२ जना नया संक्रमित भेटिएका छन । त्यस्तै बुधबार ३ हजार ७६३ र मंगलबार ३ हजार ५२४ भेटिएका थिए ।

त्यसै गरि सोमबार १३१ र आइतबार १५४ जनाको कोरोनाका कारण ज्यान गएको छ । शनिबार ११८, शुक्रबार १०४, बिहिबार ९८ र बुधबार १३६ जना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो समय भारतले लकडाउनलाई केहि खुकुलो बनाएपछी झन् संक्रमण बढ्ने विज्ञहरुले चेतावनी दिएका छन ।

अमेरिकामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या दुवै सबै भन्दा धेरै रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म ज्यान गुमाउनेको संख्या ९१ हजार ९८१ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या १५ लाख ५० हजार २९४ जना पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ३ लाख ५६ हजार ३८३ जना रहेको छ ।

अमेरिकामा संक्रमित र मृतकको संख्या धेरै हुनुको अर्को कारण अमेरिकी सरकारले गरेको ठुलो मात्रको कोरोना परिक्षण पनि हो । अमेरिकामा अहिले सम्म विश्व कै सबै भन्दा धेरै १ करोड २३ लाख ७४४ जनामा कोरोना संक्रमण टेस्ट भइसकेको छ ।

अमेरिकामा यो साता भने मृत्युदर घट्ने क्रममा छ । सोमबार १ हजार ३ र आइतबार ८६५ जनाको मृत्यु भएको छ । शनिबार १ हजार २१८, शुक्रबार १ हजार ५९५ र बिहिबार १ हजार ७१५ जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार र मंगलबार क्रमश १ हजार ७७२ र १ हजार ६३० जना को ज्यान गएको छ ।

त्यस्तै नया संक्रमितको संख्या पनि अमेरिकामा घट्दो छ । हिजो सोमबार २२ हजार ६३० र आइतबार १९ हजार ८९१ नया संक्रमित भेटिएका छन । शनिबार २३ हजार ४८८, शुक्रबार २६ हजार ६९२ र बिहिबार २७ हजार २४६ जना नया संक्रमित भेटिएका छन । त्यसै गरि बुधबार २१ हजार ७११ जना नया संक्रमित फेला परेका थिए ।

अमेरिकाको इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी २८ हजार ४८० जनाको ज्यान गैसकेको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख ६१ हजार २६६ पुगेको छ ।

Related Articles

Back to top button
Close