समाचार

काठमाडौंको फाइनान्समा पैसा उठाउने २० वर्षे युवकमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३५९ पुग्यो

काठमाडौँ – काठमाडौँबाट वैशाख १२ गते खोटाङ पुगेका उक युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट हलेसी तुवाचुङ नगरपालिका ७ निवासी २० वर्षीय युवकमा कोरोनाको पुष्टि भएको अस्पतालले जनाएको छ । लकडाउनका कारण काठमाडौँमा अड्किएकाहरुको उद्दार गर्ने क्रममा उनी पनि खोटाङ पुगेको बताइएको छ ।

काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेको र पिसिआर परीक्षण गर्दा कोरोनाको पुष्टि भएपछि उनी काठमाडौंको एक फाइनान्समा पैसा उठाउने कम गर्दै आएको खुलेको छ ।यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । यसैबिच नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५९ पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन उलंघन गर्ने क्रम बढेका कारण जनताहरु त्रासमा छन् ।

Related Articles

Back to top button
Close