समाचार

कोरोनाको त्रासबीच विवाह, बर-बधुले लगाए लौराले माला !

काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि विश्वका धेरै देशले लकडाउन गरेका छन् ।

यस्तै कोरोना संक्रमण फैलने डरले विवाह हुन तयार रहेका पनि रोकिएका छन् । यो अवधिमा गरिएका विवाह पनि सीमित जन्तीकाबीच सम्पन्न गरिएका छन् ।

हालै एक जोडीको विवाहको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ कोरोनाको त्रासले बर र बधुले लोरोले माला एक अर्कालाई लगाइदिएका छन् ।

घटना भारतको हो । भारतको जहानगञ्जस्थित कोरीखेडाका एक जोडीको विवाहमा अनौठो दृश्य देखियो। उनीहरुले कोरोनालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै अनौठो तरिकाबाट विवाह गरेका हुन् ।

विवाहमा दुलहीका पिता सुर्वेशले कोरोनाको त्रासको बेला सामाजिक दुरी कायम गरी विवाह गर्नुपर्ने बताउदै उक्त तरिकाबाट छोरीको विवाह गरेको भारतिय मिडियामा जनाइएको छ ।

विवाहमा दुलहादुलहीले नै लौरोबाट माला लगाएर विवाह गरेका हुन् ।

Related Articles

Back to top button
Close