Thursday, February 27

बिना मुचुल्का दिलिपकुमार महतोकाे श’व उठाउने प्रहरी निरीक्षक जिल्ला तानिए, खुल्यो यस्तो रहस्य !

January 13, 2020 333

धनुषा- टिपरले कि’चेर ह’त्या गरिएका धनुषा मिथिला नगरपालिका -५ श्रीपुरका ओमप्रकाश भनिने दिलिपकुमार महत्ताेको श’व बिना मुचुल्का उठाएको भन्दै विवा’दमा तानिएका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन् ।घट’नालाई ढाकछोप गर्न श’व बिना मुचुल्का पोष्ट’मार्ट’मका लागी प्रादेशिक अस्पताल पठाएको भन्दै स्थानीयले यादवमाथि लगाएको आरो’पको अनु’सन्धानका लागी उनलाई जिल्ला झिकाइएको हो ।

चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्का बिना नै श’व उठाएको आ’राेप स्थानीयहरुले लगाएपछि यादव वि’वादमा तानिनु भएकाे हाे ।शुक्रबार बिहान अवैध उत्खननको विरोध गर्दा कु’टपि’ट गरी दिलिपकुमार महताेकाे ह’त्या गरेर घ’टनालाई दुर्घ’टनामा परिणत गर्न टिपरले कि’चिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवा’दका कारण भन्दा पनि आन्तरिक कारणले जिल्ला ल्याइएको बताउनु भयाे ।

प्रहरी उपरीक्षक बस्नेतले बिना मुचुल्काको श’व किन उठाइयो भन्ने विवाद तिर भन्दा पनि घट’नाको अनुसन्धानप्रति केन्द्रित हुनुपर्ने जवाफ दिनुभएको थियो ।इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव राजपाका नेता राजकिशोर यादवका भाई रहेका कारण उनले राजनीतिक संरक्षणका आधारमा लाभ उठाइरहेकाे आराेप स्थानीय लगाएका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्