Tuesday, February 18

अष्ट्रेलियाको आगलागी बन्यो झन् भयावह : सहर छिर्न थाल्यो

January 13, 2020 350

काठमाडौ । दक्षिण पूर्वी अष्ट्रेलियामा लागेको आगोले झनै भयावह रुप लिन थालेको छ । गत वर्ष सेप्टेम्बरदेखि लागेको यहाँको जंगलको आगलागी अझै नियन्त्रणमा छैन । आगलागीबाट कम्तीमा २८ जनाले ज्यान गुमाइसकेका छन् भने कम्तीमा दुई हजार भन्दा बढी घर जलेका छन् । डेनमार्कभन्दा पनि ठूलो भूभाग आगजनीको चपेटामा परेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सुख्खा जंगल र तातो बतासले जंगलमा फैलिएको आगोलाई झन् भयावह अवस्था बनाउँदै लगेको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्री पुगेको छ । २०१७ पछि न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा वर्षा कम भएको थियो । वर्षा कम हुँदै गएपछि कृषि उत्पादनलाई मात्रै असर गरेन, जंगलमा लागेको आगोलाई फैलाउन ठूलो भूमिका खेलेको छ । न्यू साउथ वेल्समा करिब एक करोड एकड जमिनमा आगोले क्षति पुर्‍याएको छ ।

अष्ट्रेलिया गर्मी मौसममा सामान्यतया तातो र सुख्खा हुन्छ, तर मौसम परिवर्तनका कारण खडेरी र तातोपनको दायरा बढ्दै गएको छ । यस्तो अवस्थामा जंगलका झाडीहरु सबै सुकेर गए । अहिले अष्ट्रेलियाको प्रत्येक राज्य आगलागीबाट प्रभावित बनेको छ । तर सबैभन्दा बढी प्रभावित न्यू साउथ वेल्स छ । अष्ट्रेलियाका प्रमुख शहरहरू मेलबोर्न र सिड्नी पनि आगोले प्रभावित छन् ।

अष्ट्रेलियामा ग्रीष्म ऋतु डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम पत्रिकाकाअनुसार न्यू साउथ वेल्सको जंगलको करिब ३० प्रतिशत जलेको छ । आगामी एक सातामा ५० प्रतिशत भूभाग जलिसक्ने आशंका गरिएको छ । यो सहर पस्ने खतरापनि त्यति नै रहेको बताइएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्