समाचार

आज मात्रै ६२ थप सङ्क्रमण, कुल सङ्क्रमित ३५७, अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित, कुन प्रदेशमा कति ? यस्तो छ डाटा !

नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ३५७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गर्नुभएको हो ।

यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो। डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक-एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताउनुभयो।

“उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ,” उहाले भन्नुभयो। अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन्।

उहाँका अनुसार बाँकेका ४६ पुरुष र एक जना महिला, मोरङमा एक पुरुष, गुल्मीका एक पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जना रहेका छन् । सबै सङ्क्रमित १८ देखि ४६ वर्षका रहेका छन् । सङ्क्रमितको स्थायी र हालको ठेगानाका आधारमा कन्ट्रयाक टे«सिङ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।

आजै यसअघि रौतहटमा आठ जना र बारामा एक जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या ३५७ जना पुगेको छ । पुरुष २९८ र महिला ५९ जना रहेका छन् । अहिलेसम्म ३१ जिल्लामा सङ्क्रमण देखिएको छ ।

प्रदेश नंं १ मा ४० जना, प्रदेश नंं २ मा १३२ जनामा, वाग्मती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश नंं ५ मा १५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर ३० हजार ७२३ जना, आरडिटीबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ ।

उहाँका अनुसार पिसिआरबाट फागुनमा ४५६ जना, चैतमा पाँच हजार १८४ जना, वैशाखमा २१ हजार ३४० जना तथा आरडिटी चैतमा तीन हजार ३२१, जनामा वैशाखमा ६० हजार ३१९ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा दुई हजार ५५८ जनाको पिसिआर र एक हजार ७५१ जनाको क्यारेन्टिनमा २० हजार ९० जना र आइसोलेशनमा ४१२ जना रहेका छन् ।

यसैगरी कोभिड–१९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमूना सङ्कलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट टे«सिङ गरिरहेको छ ।

Related Articles

Back to top button
Close