समाचार

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३ सय ३१ पुग्यो

दोहा । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३ सय ३१ जना पुगेको छ । यस अघि २ सय ४५ जना सङ्क्रमित थिए । आइतबार थप ८६ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएपछि संक्रमित ३ सय ३१ पुगेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको जनाउँदै राजदूत सुन्दासले संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका बताए । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ६ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ६२ जना उपचारपछि निको भएका छन् । दूतावासले कोरोनाका कारण बहराइनमा समस्यामा परेका नेपाली श्रमिकहरुको विवरण संकलन गरिरहेको जनाएको छ । कोरोनाबाट प्रभावित नेपालीको विवरण संकलन गरेर समाधानार्थ सहजिकरण गर्ने प्रयास गरिने दूतावासले जनाएको छ ।

अप्ठ्यारोमा परेका नेपालीले आफ्नो समस्या दूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको जनाएको छ । बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।

Related Articles

Back to top button
Close