समाचार

ठेक्कापट्टा लिएर समयमा काम नगर्ने ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताएका छन् ।कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ बापत २० प्रतिशत रकम दिने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउँदै ठेकेदारले पेश्की रकम अन्यत्र लगाउने र मूल काम नगर्ने प्रवित्ति छ ।

‘मोबिलाइजेसन कस्ट’ लिने र काम अड्काउने भइरहेको छ, यसमा तपाईँहरुले कडाइ गर्नुहोस्, कामको जिम्मा लिएपछि समयमा पूरा गर्नुपर्छ, त्यसका लागि कतैबाट छुट र सहुलियत हुनु हुँदैन ।’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भनेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

त्यस्तै तेस्रो पटक म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम सडकको दूरी जम्मा पाँच सय मिटर मात्रै छ । तदारुकताका साथ काम गर्ने हो भने कम्तीमा ६ महिनामा चौडा पारेर कालोपत्रे गरिसक्न भ्याइन्छ । तर विडम्बना १ पाँच सय मिटर सडक बनाउन तीन–तीन पटकसम्म म्याद थपिएको छ । यतिका पल्ट म्याद थपिँदाको प्रगति मूल्यांकन हेर्दा सडकको अवस्था अझ बेहाल देखिन्छ ।

सडकको बीचबीचमा खाल्डा मात्रै छन् । पैदलयात्रु मुख नछोपी हिँडडुल गर्नै सक्दैनन् । सातदोबाटोदेखि लगनखेल जोड्ने मुख्य सडक लगनखेल–सातदोबाटो सडक हिँडिसक्नु छैन हिजोआज ।दुई वर्षअघि जेठ २०७४ मा सुरु भएको सडक योजनाको मुख्य काम अझै बाँकी छ । सबैतिर चौडा पार्ने काम सकिएको छैन । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

Related Articles

Back to top button
Close