Monday, April 6

सात वर्ष अघि प्रचण्डलाई थ’प्पड हा’न्ने कुँवर फेरी अर्कै घ’ट’नामा प’क्राउ

March 15, 2020 97

काठमाडौँ, २ चैत । सात वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थ प्प ड हान्ने पदम कुँवर फेरी अर्कै घ टना मा प क्राउ परेका छन् । उनले तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा थ प्पड हा नेका थिए । अहिले उनी प्रहरीसँग वि वाद गरेका कारण प क्राउ परेका हुन् । कुँवरलाई शनिबार साँझ बानेश्वरबाट प्रहरीले प क्राउ गरेको जनाएको छ ।

संसद भवनको शौचालयमा प्रवेश गर्दा प्रहरीसँग कुँवरको वि वाद भएको थियो । यद्यपि, पुरानो घट ना को आधारमा उनलाई नि य न्त्रण मा लिइएको होइन भने उनी संसद भवन किन गएका थिए भन्नेबारे अनुसन्धान गरिने बताइएको छ । कुँवरले २०६९ मंसिर १ मा चियापान समारोहमा रहेका प्रचण्डलाई थ प्पड हानेका थिए ।

सूचनाको हकसम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुँदैन स् सभामुख
हेटौंडा, २ चैत – वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको’ विषयक अन्तक्रिया कार्यक्रममा उनले सञ्चारकर्मीले पनि आफ्नो पदीय आचारणलाई आत्मसात् गरी जवाफदेहीसाथ कर्तव्यपालन गर्नुपर्ने बताए । मुलुकको स्वतन्त्रतासहित प्रजातन्त्रको संवद्र्धन गर्न प्रेस जगतको अपरिहार्य भूमिका आवश्यक रहेको उनले बताए ।

सभामुख श्रेष्ठले आमजनतालाई आफ्नो अभिव्यक्ति व्यक्त गर्ने स्वतन्त्रताको साथै मौलिक हकको संवद्र्धन गर्ने सञ्चार विधेयकलाई सरकारले निषेध गर्न नसक्ने उल्लेख गर्नुहुँदै प्रेस र सरकारको बीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने र त्यसो गरिएमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सफल हुने विश्वास व्यक्त गरे ।

महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताप्रति सरकारले अङ्कुश लगाउन नहुने उल्लेख गर्दैं प्रत्येक समुदायले आ–आफ्नो धर्म संस्कृति, रीतिरिवाजको सम्वद्र्धन गर्न र व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्तिलाई प्रशासनिक रुपमा सञ्चार ऐनको विभिन्न दफामा प्रावधान राख्न नहुने सुझाव दिए ।

उनले संवैधानिक निकायले निष्पक्ष भई प्रेसलाई सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सो अवसरमा महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य कृष्ण गिरी, वाग्मती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले सङ्घीय र प्रदेश सरकारले सञ्चार क्षेत्रमा आफ्नो स्वार्थलाई उपयोग गर्ने रणनीतिलाई त्यागेर सञ्चार क्षेत्रलाई पूर्णस्वायत्त, स्वतन्त्रता प्रदान गर्नुपर्ने बताए ।

Loading...

प्रतिकृया दिनुहोस्