समाचार

भारतलाई नसोधि नेपालको नयाँ नक्सा जारी गर्नुहुँदैन – सांसद गिरि

काठमाडौं। लामो समयदेखि विवा’दमा पर्दै आएको सीमा विवादलाई लिएर अहिले संसदमा खुब चर्चा हुने गर्दछ । यो बीचमा जनता समाजवादी पार्टीकी नेतृ एवम् सांसद सरिता गिरीले देशको नयाँ नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा समेट्नुअघि भारतसँग कुरा नगरेकोमा असन्तुष्टि पोखेकी छिन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गिरीले दुः’खेसो गरेकी हुन् ।

उनले भारत र चीनसँग सल्लाह नै नगरी नक्सा ल्याउने विषय विदेश नीतिविरुद्ध भएको पनि बताएकी छिन् । उनले भनिन, ‘सरकारले भारत र चीनसँग संवाद नै नगरी जुन ढंगले राष्ट्रपतिको मुखबाट नयाँ नक्सा निकाल्ने कुरा गरेको छ, यसले हाम्रो विदेश नीतिको क्षमतामाथि प्रश्न उठाएको छ। एकातर्फ लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भनिएको छ, अर्कातर्फ परराष्ट्रमन्त्रीले यसो गर्न संविधान नै बा’धक रहेको बताएका छन् ।

गिरीका अनुसार विदेश नीति जुवा होईन । अर्को फरक प्रशंगमा नीति तथा कार्यक्रम खोक्रो रहेको र सरकार अहिले सेनालाई व्यापारमा संलग्न गराएर त्यसैमार्फत भ्र’ष्टाचा’र गर्न लागिपरेको उनको आ’रोप छ । कोरोना महामारी निय’न्त्रण, राहत र विदेशमा रहेका नेपाली फर्काउनेबारे नीति तथा कार्यक्रम मौन रहेको पनि उनले बताएकी छिन् । उनले संसदमा हिन्दीमा सम्बोधन गर्दै आएकी छिन् । वि’वादमा आउँने अभिव्यक्तिका कारण उनको आ’लोचना पनि धेरै नै हुने गर्दछ ।

Related Articles

Back to top button
Close