समाचार

अमेरिकन आइडलको टप पाँचमा पुगे दिवेश पोखरेल

नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् ।

आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो । अघिल्लो साता दिवेश पोखरेल – आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए।

आजको एपिसोडमै अमेरिकन आइडलको विजेताको घोषणा हुनेछ । यी टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ । यसैको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ ।

अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ ।

Related Articles

Back to top button
Close