समाचार

काठमाडाैंको कपनमा १८ बर्षिया युवतीलाई कोरोना देखिएपछि कपन क्षेत्र सिल

काठमाडौ / काठमाडाैंको कपनस्थित तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी युवतीमा संक्रमण देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको हो ।

पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको छ ।

त्यस्तै नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ९५ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ ।

Related Articles

Back to top button
Close