समाचार

बाँकेको क्वारेन्टिनमा निधन भएका युवकमा पनि कोरोना संक्रमण पुष्टि, सेना र प्रहरीद्धारा अन्त्यष्टिको तयारी

नेपालगन्ज । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट दोस्रो व्यक्तिको निधन भएको पाइएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा निधन भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले त्यसको पुष्टि गरे ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको बताएका छन् । आइतवार गरेको नियमित व्रिफिगंका क्रममा मन्त्रालयले सो कुरा पुष्टि गरेको छ ।

युवकको निधनपछि शव ब्यवस्थापनको तयारी सुरु गरिएको पनि मन्त्री बरालले बताएका छन् । उनले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा तयारी सुरु गरिएको जनाएका छन् । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ ।

आइतबार बिहान निधन भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको उनलाई शनिवार देखि नै स्वास्थ्य समस्या देखिएको थियो। रातिदेखि स्वास्थ्यमा समस्या आएका युवकलाई अस्पताल लैजान नपाई निधन भएको थियो ।

राति एम्बुलेन्सलाई आग्रह गर्दा नआएपछि विहान उनको निधन भएको हो । विहान एम्बुलेन्स आउनु पुर्व नै उनको निधन भएपछि स्थानिय आ’क्रोशित भएका थिए । निधन हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए। यसअघि गत बिहीबार निधन भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

कसरी गरिन्छ कोरोनाबाट निधन भएकाको दाहसंस्कार ?

कोरोनाबाट निधन भएकाको अन्तिम संस्कार गर्ने कार्यविधि फरक छ । कोरोनाबाट दा ह संस्कार गर्नेबारेमा सरकारले छुट्टै कार्यविधि बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गते जारी गरेको कार्यविधि अनुसार कोरोना सं क्रम णबाट मृ त्यु भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले मृ त्यु भएका मानिसको भन्दा भिन्नै तरिका अपनाउनु पर्छ। कोरोना सं क्रा मक रोग भएकाले यसको अन्त्येष्टिका लागि फरक विधि तय गरिएको हो।

कोरोनाबाट निधन भएकाको शव उठाउनुअघि शवबाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ। यस्तै, मृत कको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

शवलाई सकेसम्म चाँडो घाटमा पर्‍याउनुपर्ने, ६० वर्ष कटेका र दीर्घ रोगीलाई कोरोना संक्रमणले निधन भएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्नु पर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधि अनुसार मृतकका परिवार र आफन्तले एक मिटर टाढाबाट मात्र शव हेर्न पाउने छन्।

Related Articles

Back to top button
Close