Thursday, April 2

१७ वर्षे वैबाहिक जीवनको अन्त्य गर्दै यसरी टेलिभिजनको स्टुडियोमा भक्कानिइन् पूर्व मिस नेपाल उषा खड्गी

March 15, 2020 185

काठमाडौं, चैत्र २ । पूर्व मिस नेपाल उषा खड्गीले सञ्चारकर्मी जीपी तिमिल्सिनासँगको आफ्नो १७ वर्ष लामो वैबाहिक जीवनको अन्त्य भएको बताएकी छिन् । उषाले आफ्नो फेसबुक मार्फत् यसबारे जानकारी दिँदै भनेकी छिन् , ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन ।

अब म भन्छु ‘नो’ ।’ गएराती लेखिएको स्टाटसमा उषाले अगाडी थप्छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ ।

यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ जीपी र उषाको यसअघि पनि डिर्भोसको हल्ला बजारमा चलेको भएता पनि दुवैले वास्तविकता त्यो नभएको दाबी गर्दै आएका थिए ।

गएराती उषाले लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ ।

Loading...

प्रतिकृया दिनुहोस्