समाचार

राजेश र अरुणको साहस : जसले कोरोनाबाट मृ’त महिलाको श’वको व्यवस्थापन गरे

काठमाडौं, ४ बैशाख । विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै त्र’सित छन् । त्यसमा पनि को’रोना भाइरस (कोभिड १९) का कारण मृ’त्यु भएकाहरुको श’व छुन जो कोहिले चाहदैनन्, सक्दैनन् र हम्मेसी आँट गर्दैनन पनि ।कोरोना भाइरसका कारण मृ’त्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने कानुनी कार्यव्यवस्था छ । को’भिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको श’व व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरिएको हो ।

तर हिजो कारोनाका कारण धुलिखेल अस्पतालमा मृ’त्यु भएकी महिलाको शब परिवारले उठाउन नपाएपछि अरुले बोक्न त के छुन समेत धेरै हि’चकिचाए । कसैले महिलाको श’ब बोक्न मानेन ।धुलिखेलमा रहेका एम्बुलेन्सले श’व उठाउन समेत मानेन । तर नेपाल स्काउटका स्काउट लिडर तथा सामाजिक अभियन्ता राजेश गाईजु र अरुण सैंजुको टिमले भक्तपुरबाट गएर उचित स्वास्थ्थ सर्तकता सहित व्यवस्थित ढंगले श’बलाई पशुपतिसम्म पु-याए ।नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपुरमा कृयाशिल स्काउट लिडर गाईजु र सैंजुको टोलीले धुलिखेलबाट पशुपति आ’र्यघाटसम्म पु¥याउने काम गरेसँगै सामाजिक सञ्जालमा यतिबेला उनिहरुको चर्चा चुलिएको छ ।

उनीहरु भक्तपुरस्थित महावीर दल गणबाट साढे ७ बजे धुलिखेल लागे । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीले स्क’टिङ गरेर लगेकोे थियो । भक्तपुरको जगातीमा पुगेपछि उनीहरुको गाडीलाई डि’सइन्फेक्ट गरियो ।त्यसपछि गाडी धुलिखेल अस्पताल हा’नियो ।अस्पताल पुग्दा तीनै तहको सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । त्यसपछि एम्बुलेन्समा राखेर उनीहरुलाई श’ब गृहमा लगियो ।श’व व्यवस्थापन गर्न उनीहरुलाई भक्तपुरको महावीर ग’णमा ‘डे’थ ब’डी ह्या’न्डलिङ ड्रि’ल’ तालिम दिइएको थियो । जहाँ उनीहरुलाई श’वलाई प्ला’ष्टिकमा बेर्नेदेखि गाडीमा राखेर निश्चित क्षेत्रसम्म पु¥याउनेबारे तालिम दिइएको थियो ।

श’ब गृ’हमा पुग्दा त्यहाँ उनका श्रीमान् र अस्पतालका एक जना कर्मचारी मात्र थिए । श’व उठाउने प्रयास गरे, तर श’व भा’री भएकाले उठाउँन सकेनन् । अनि गाईजु र सैंजु अघि सरे ।श’ब पहिलै ‘क्या’डाभर पा’उच’ अर्थात् ब’डी ब्या’गमा प्या’क गरि सकिएको थियो । तर व्या’गको बाहिरी पट्टी र’गत ल’तपतिएको थियो । उनीहरुले आफ्नो साथमा लगेको बडी व्या’गमा पुनः प्या’क गरे । त्यस बाहिर फेरि प्लाष्टिकले प्या’क गरेर श’वलाई गाडीमा राखियो ।गाडी र’फ्तारमा पशुपतिनाथ मन्दिरको विद्युतीय श’व दा’हगृहमा आइपुग्यो ।सुनसान सडक, सेनाको लस्करको गाडी, सबैको आँखामा ड’र, का’मेका हातले बाँकी जिम्मेवारी पूरा गर्न ब’ल दिइरहेको थिएन ।

तर, पनि छिटो भन्दा छिटो श’वको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाले उनीहरु वि’चलित भएनन् । तर, पनि श’वदाह गृहमा मे’सिन भित्र श’व हाल्न कोही अघि सरेनन् । उनीहरु दुई जनाले नै श’वलाई मेसिनमा हालेर अ’न्त्येष्टि गरे ।अ’न्त्येष्टि हुन्जेल सबै त्यही थिए । छेउमा झो’क्राएर मृ’तकका श्रीमान् थिए । मनले आँ’सु थामिरहेका भान हुन्थ्यो । भर्खरै ज’न्मिएको ९ दिने सन्तान उनको मा’नसपटलमा घुमिरहेको भान हुन्थ्यो ।उनले न अन्तिम समयमा आफ्नी प्रियालाई अं’गालो मा’रेर रुन सके । बस्, श’वदाहमा उनको अन्तिम शे’ष बाँकी नहुन्जेल टु’लुटुल हेरि मात्र रहे । नियति यस्तै रहेछ ।

श’व बोकेको गाडी चलाउँदै धुलिखेलबाट पशुपति पुगेका अरुण र राजेश हाल महावीर ग’ण भन्दा ३ सय मिटर भित्र रहेको सेनाको आइसोलेसनमा छन् । केही समय उनीहरु पहिला झै कोरोना संक्रमितको उ’द्दार र परीक्षणमा सक्रिय हुने छैनन् ।आइसोलेसनमा रहँदा उनीहरुको नियमित स्वास्थ्य परीक्षण हुनेछ । यो प्रतिकुल घडीमा विभिन्न ब’हाना बनाएर श’ब बोक्न नमानेको थाहा पाएपछि आफुहरुअघि सरेको राजेशले बताए ।उनीहरु लकडाउन भएदेखि नै भक्तपुरमा स’म्भावित संक्रमितलाई उ’द्धार तथा सहयोगमा स्वतःस्फूर्त रुपमा खटिदै आएका थिए ।भक्तपुर निवासी राजेश गाईजु र अरुण सैंजू यो काममा दिनरात नभनी खटिइरहेका थिए ।

भक्तपुर कै न्हुज किजू र दीप थकू पनि यो काममा उनीहरुसँगै भक्तपुर अस्पताल परिसरमै त्रिपाल टाँ’गेर २४ सै घण्टा बस्दै आएका छन् ।भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा रहेर काम गर्दै आए उनिहरु । सम्भावित व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पु¥याउने, यात्रा विवरण ब’टुल्ने, परीक्षणका लागि उनीहरुको स्वाब प्रयोगशालासम्म पु¥याइदिने काममा सक्रिय छन् ।राजेश र अरुणले कोभिड १९ बाट नेपालमा पहिलो मृत महिलाको व्यवस्थापनमा जुन सा’हस देखाए उनीहरुको त्यो साहसलाई सबैले सलाम गरेका छन् ।(राजिब खत्रीले राजेश गाइजुसँग गरेको कुराकानीमा आधारित)

Related Articles

Back to top button
Close