समाचार

कोरोनाको अर्को नयाँ र खतरनाक लक्षण देखियो, डब्लुएचओको चेतावनी

काठमाडौं। कोरोनाभाइरसका बारेमा वैज्ञानिकहरुले थप अध्ययन गर्दै जाँदा यसका थप लक्षणहरु पनि देखिन थालेका छन् । सुरुवातमा यसको लक्षण खोकी र ज्सरो मानिएको थियो तर विस्तारै यसका अन्य लक्षणहरु पनि देखिन थालेका छन् । पछिल्लो समय कोरोनाभाइरसका बिरामीहरुमा अर्को खतरनाक लक्षण देखिएको छ ।

पछिल्लो समय विशेषज्ञहरुले कोरोनाभाइरसका संक्रमितहरुलाइ बोल्न पनि समस्या भएको पाइएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका स्वास्थ्यविद्हरूले भनेका छन् कि कोरोना पोजिटिभ मानिसलाई बोल्न नै समस्या हुन्छ । यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने सुझाव उनहिरुले दिएका छन् ।

विज्ञहरूले भने, ‘कोरोनाका सबै रोगीलाई बोल्न र संवाद गर्न समस्या आएको होइन तर केहीमा यो समस्या देखिएको छ । अन्य लक्षण जस्तै यो लक्षण पनि लुकेको हुन सक्छ वा ढिलो गरी आएको हुन सक्छ । तर कुनै मानिसमा यो लक्षण देखिएमा एकदमै सावधान हुनुपर्छ ।’ बोल्न गाह्रो हुनु भनेको शारीरिक वा मानसिक समस्याको संकेत पनि हुन सक्छ । यसअघि जिब्रोले स्वादको चाल नपाएको र गन्ध थाहा पाउने शक्ति कमजोर भएको लक्षण पनि देखिएको थियो ।

अघिल्लो साता अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले कोरोना रोगीहरूमा साइकोसिस नामक खतरनाक मानसिक रोगको समस्या पनि देखिएको बताएका थिए । अनुसन्धानमा संलग्न डा एली ब्राउनले कोभिड–१९ का कारण मानसिक तनावको खतरा बढ्ने बताएका थिए । साइकोसिसले गर्दा नै कोभिड–१९ का रोगीहरूलाई बोल्न, सुन्न र स्वाद थाहा पाउन गाह्रो पर्ने चिकित्सकहरूको भनाइ छ ।

Related Articles

Back to top button
Close