समाचार

२८ वर्षीय कोरोना संक्रमित युवकका कारण पर्साबाट आयो यस्तो डरलाग्दो खबर

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या लगातार बढ्दैछ । अहिलेसम्म नेपालमा २९१ कुल संक्रमित हुँदा एक जनाको निधन पनि भैसकेको छ । निको हुनेहरुको संख्या ३६ रहेको छ । यो बीचमा पर्साबाट एकदम डरलाग्दो खबर बाहिर आएको छ । यहाँको वीरगञ्ज महानगरपालिका–१२ मा शनिबार फेला परेका २८ वर्षीय कोरोना संक्रमित औषधी पसलमा काम गर्दै आएको खुलासा भएको छ ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा वडा नम्बर–३ विर्तामा रहेको एक अस्पतालमा कार्यरत रहेको खुलेको हो । जानकारी अनुसार उनी आफ्नो दिदीको घरमा बस्दै आएका थिए । डरलाग्दो कुरा के भने कोरोना परीक्षणका लागि नमूना दिएपछि उनी मुरली–१२ स्थित आफ्नो घर फर्किएर साथिहरुसँग रमाइलो गरेका छन् ।

लामो समयपछि घर फर्किएका उनले २ गते साँझ १०–११ जना साथीहरुलाई गेट टुगेदर पार्टी दिएको बताइएको छ । त्यो मात्रै होईन, उनी स्थानीय सैलुनमा दाह्री काट्न गएको र सोही दिन ती हजामले थप २० जनाको कपाल र दाह्री काटेको जानकारी आएको छ । स्वाब दिएपछि उनी टोलमा घुमिराखेका थिए । उनको सम्कर्पमा आएका धेरैलाई संकमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

Related Articles

Back to top button
Close