समाचार

रविन्द्र अधिकारी बसेको कुर्सीमा बस्दा भावुक भए योगेश, ‘मैले घनिष्ठ मित्र गुमाएँ’ भन्दै पुछे आँशु

काठमाडौं, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीवाट मन्त्री पदको सपथ लिएपछि पर्यटन मन्त्रालय पुगेका योगेश भट्टराई दिवंगत मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएर भावुक बने। कुर्चीमा बस्ने बित्तिकै उनी अधिकारीलाई सम्झेर भावुक बनेका थिए । रविन्द्र र योगेश संगसंगै विद्यार्थी राजनीतिवाट मुल पार्टीमा आएका नेता हुन् । उनीहरुको राजनीतिक संघर्ष पनि संगसंगै भएको हो । उनीहरु राजनीतिक दलका नेताका रुपमा भन्दा पनि साथीका रुपमा निकै घनिष्ट थिए । कुर्चिमा बस्दै गर्दा योगेशले भने ‘मैले घनिष्ठ मित्र गुमाएँ। आज परिस्थिति र घटनाक्रमले उहाँको कुर्सीमा बस्न आइपुगेको छु । उनले मन्त्रालयको काम गर्दा रवीन्द्रलाई कहिल्यै नबिर्सने प्रतिवद्धता समेत गरेका छन् । योगेशले भने, ‘म उहाँलाई बिर्सन सक्दिनँ।

गत वर्ष फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि खाली भएको मन्त्रालयको नेतृत्वका लागि योगेशले आज सपथ लिएका हुन् । उनले आफुले सामुहिकतामा विश्वास गर्ने भएकाले टिममा कोही ठूलो र सानो नभएको बताए।

उनले आफु त्यो कुर्चिमा पुग्नु आकस्मिक अवस्थाको परिणाम भएको बताएका छन् । कार्यालय सहयोगीदेखि सचिवज्यू सबै हामी साथी हौँ। टिमलाई गति दिने मेरो भूमिका हुन्छ’, उनले भने, ‘म यहाँ कसैलाई काम लगाउन आएको होइन। म तपाईंहरुले लगाएको काम गर्न आएको हुँ। कस्तो काम गर्दा इज्ज्त बढ्छ रु के काम गर्दा सफलता मिल्छ रु त्यो कुरा तपाईंहरुले ख्याल गर्नुपर्ने हुन्छ।’

उनले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताए । मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को लक्ष्य सफल पार्ने उल्लेख गरे। त्यसका लागि सम्पूर्ण संयन्त्र प्रयोग हुने उनको भनाइ छ।

Related Articles

Back to top button
Close