समाचार

कोरोनाका कारण युवतीको निधन पछि प्रधानमन्त्री ओलीको यस्तो घोषणा !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको निधन कोभिड– १९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट निधन भएको बताएका छन् । नेपालमा कोभिड –१९ बाट निधन भएको यो पहिलो घटना हो ।

उनका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान निधन थिएको थियो ।

उनको निधन पछि अहिले नेपालीहरु त्रसित बनेका छन् भने सरकार पनि यस बिषयलाइ लिएर चिन्तित बनेको छ । यसै घटनालाइ लिएर प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गरेका छन् ।
ओलीले कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् । शनिवार नेपालमा पहिलो पटक कोरोना संक्रमितको निधन भएपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् ।

उनले ट्वीटरमा उनले लेखेका छन्, कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको निधनको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु। यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।

Related Articles

Back to top button
Close