समाचार

समाजशास्त्री मेरी डेसन भन्छिन्, ‘नेपाली युवा खाडीमा जानु र डोजरले गाउँ भ’त्काउनु, यसरी नेपाल बन्दैन समृद्ध’

मानवशास्त्री डा। मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आ’न्दोलन, दलित आ’न्दोलन, सुकुमबासी आ’न्दोलन र वामआ’न्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्यावारिधि गरिन् । सिन्हास (स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी)की संस्थापक सम्पादकमध्ये एकसमेत रहेकी उनले ‘युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया’मा एक समय प्राध्यापनसमेत गरिन् । वासिङ्टन युनिभर्सिटीमा अनुसन्धाताका रूपमा आबद्ध रहेकी उनी हाल अमेरिकामा बस्दै आएकी छिन् । उनीसँग राजु स्याङ्तानले विकास र समृद्धिबारे गरेको संवादको छोटो अंश ।
विकास भन्नेबित्तिकै के पश्चिमा पुँजीवादको विचारलाई नै अंगीकार गर्नुपर्ने हो र ? विकासको नेपाली मोडल हुन सक्छ कि सक्दैन ?

नेपाली मोडलको विकास हुन सक्छ र हुनु पनि पर्छ । हामीले देखिसक्यौँ, पश्चिमी विकासको मोडल प्राकृृतिक प्रक्रियाहरू सम्पूर्ण रूपले मानिसको मातहतमा ल्याउने अहंवादी र अयथार्थवादी खालको छ । हामीले पृथ्वीको दोहन गर्ने होइन, पृथ्वीसँगै मिलेर बस्ने हो । अहिले पुँजीवादी विकासको मोडल हा’बी छ । तर, संसारभरि नै वैकल्पिक विकासका मोडलबारे पनि तीव्र छलफल र अभ्यास पनि चलिरहेकै छ ।

पश्चिमा विकासको मोडल नपछ्याई आफ्ना मोडल लागू भएको हामी देख्छौँ । दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपन्थी सरकार पनि जापानी संस्था जाइकाले ल्याएको सहरलाई टुक्र्याउने फ्लाइओभर र आठ–नौ लेनका सडक बनाउने योजना र पैसालाई इन्कार गरेर आफ्नो राजधानी भोगातालाई नमुना साइकलमैत्री र सार्वजनिक यातायात सम्पन्न सहर बनायो ।

एकातिर डोजर पनि चलिरहेको छ, अर्कातिर वैकल्पिक विकासको अभियान पनि चलिरहेकै छ । एकातिर सिमेन्टका घरहरू बनिरहेका छन्, अर्कातिर माटो र बाँसको चिटिक्क परेका घरहरूको विकास पनि भइरहेको छ । प्रांगारिक जैविक कृषि, पर्यावरणीय कृषि, प्राकृतिक खेतिपाती यी मोडलहरू पनि नेपालमा नभएका होइनन् । यस्ता अभियान संसारैभरि चलिरहेका छन् ।

नेपालका विकासका वैकल्पिक मोडलहरू मातृभाषालाई ठाउँ दिने, विविधता जोगाउने, प्रकृतिसँगको घनिष्ट अन्तरसम्बन्ध बच्चाहरूलाई सिकाउने, आफ्नो ठाउँको इतिहास बुझ्ने र सिर्जनशीलता प्रयोग गर्ने नेपालको विकासको वैकल्पिक मोडलभित्र पर्न सक्छन् । नेपालको प्राकृतिक विविधतालाई न’ष्ट गर्नुको सट्टा त्यसको संरक्षण गर्नु जीविकाको महŒवपूर्ण अंग बन्न सक्छ । जुन कुरा अन्य देशहरूमा सुरु भइसकेको छ ।

संसारका अर्थतन्त्रमध्ये नेपालको अर्थतन्त्र सापेक्ष रूपमा धेरै ठूलो होइन । समृद्धिको अभावको कारणका रूपमा हेर्नुको सट्टा त्यसलाई फाइदाका रूपमा बुझ्न सकिन्छ । यो कसरी हो भने भूमण्डलीकृत पुँजीवादलाई निम्त्याएर देशको सारा स्रोतसाधन बेच्नुको सट्टा पर्यावरणीय संरक्षणमा केन्द्रित वैकल्पिक लगानी र साझेदारी पर्याप्त हुन सक्छ ।

नेपालमा एकातिर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लोकप्रिय छ, अर्कातिर गाउँ रि’त्तिएको रित्तियै छ, बाँझो खेत बढेको बढ्यै छ । समृद्धि भनेको युवाहरू गाउँबाट लखेटिने र रेमिट्यान्सले देश धान्ने भनेको हो र ?

गाउँघरबाट विस्थापित हुनु, न्यूनतम जीविकाका निम्ति शोषित अवस्थामा श्रम गर्नुलाई विकास मान्न मिल्दैन । तर, पुँजीवादले नेपालको रेमिट्यान्समा निर्भर अर्थतन्त्रजस्तै संसारमा धेरैपटक उत्पन्न गरेको छ । नेपालको अहिलेको अवस्था बुझ्न ल्याटिन अमेरिका र मेक्सिकोको इतिहासले सघाउँछ । यो कुनै विकास होइन, यसलाई ‘सिलावाद’ भने हुन्छ । बाली उठाएर बाँकी रहेको अन्न खोज्नुलाई ‘सिला खोज्नु’ भनिन्छ, होइन र ? वैदेशिक पुँजीलाई मूल बाली उठाउन दिने, पुँजीलाई मार्गप्रशस्त गरेबापत बाँकी बसेको भाग पनि नेपालका पुँजीपतिले उठाउने, अनि अन्तिममा नेपाली जनताले सिला खोज्ने, यही हो, सिलावाद भनेको । अहिलेको विकास यस्तै छ ।

नवउदारवादको एजेन्डा त्यही हो । त्यसैलाई विकास भनिन्छ र कुल गार्हस्थ उत्पादन बढेको भन्दै त्यसलाई समृद्धि भन्न पछि पर्दैन । पुँजीपतिले राँइदाइँ गरेको खेतमा सिला खोज्नेहरू परदेसिएका हुन् । उनीहरूसँग अरू विकल्प पनि बाँकी रहेन । अन्न उठाउने पुँजीपति र सिला खोज्ने जनता एकै सिक्काका दुई पाटा हुन् । अहिलेकै विकास मोडलभित्रै उक्त कुरा अन्तरनिहित भएकाले वैकल्पिक विकासको मोडलबाट मात्रै यसलाई फेर्न सम्भव छ ।

Related Articles

Back to top button
Close