समाचार

भारतमा कोरोनाका कारण निधन हुनेको संख्या २८ सय नाघ्यो ९० हजार ६४८ मा संक्रमण

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट भारतमा मात्रै निधन हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ पुग्दा पछिल्लो २४ घण्टामा थप ११८ जनाको मृत्यु भएको छ भने एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको वल्डोमिटरले जनाएको छ ।
यसबिच नेपालमा सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताएका छन् । नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उनी गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् ।
सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो ।

Related Articles

Back to top button
Close