राशिफल

मनकामना मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस

वि.सं.२०७७ जेठ -४,आइतवार,ई.सं. २०२० मे -१७ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-दशमी , १४:०२ बजे उप्रान्त एकादशी,नक्षत्र-पूर्वभाद्रपदा , १५:३० बजे उप्रान्त उत्तरभाद्रपदा,योग-विष्कम्भ , २९:०२ बजे उप्रान्त प्रीति, करण-भद्रा १४:०२ बजेदेखि वव , २६:५९ बजे उप्रान्त तैतिल,चन्द्रराशि-कुम्भ, आनन्दादि योग -चर, सूर्योदय-५:१६, सूर्यास्त-१८:४६,दिनमान-३३ घडी ४६ पला । पञ्चक। सर्वार्थसिद्धि योग १५:३० बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

पैत्रिक धन तथा सम्पतीको प्रयोग गरि कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सामग्रीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

टाडिएका आफन्तको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन्। माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ। दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो सहयोग मिल्नेछ। तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

संघ’र्ष मार्फत आफ्नो अधिकार प्राप्त गर्न सकिनेछ । कुनै पनि प्रतिष्पर्धामा बिजय हुने योग रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले अरुदिन भन्दा राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । स्वास्थ्य सामग्रीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला।

Related Articles

Back to top button
Close