समाचार

कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको लाश ल्याउँदा कोटेश्वरमा यस्तो जाम

काठमाडौ । सरकारले अति कडा लकडाउन गर्न प्रहरीलाई निर्देशन दिएको छ । तर आजै दुखद घटनाको क्षणमा राजधानी काठमाडौमा भने अनौठो दृष्य देखियो । कोरोना संक्रमणका कारण काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको लाश अन्तिम संस्कारका लागि पशुपति आर्यघाट ल्याउँदा कोटेश्वर क्षेत्र अत्याधिक जाम थियो । आर्यघाट ल्याउँदा कोटेश्वरमा भने झण्डै दुई सय भन्दा बढि सवारीसाधन जाममा परेका थिए । यसले के देखाउछ भने नेपालमा अझैपनि मानिसले चेतेका छैनन् । सडकमा निस्किन, सवारी चलाउँन छोडेका छैनन् ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार नै मृत्यु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाकै कारणा मृत्यु भएको भनेर त्यसको औपचारिक पुष्टि आज बेलुका मात्र गरेको हो । उक्त लाश नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर पशुपति आर्यघाट ल्याइसकेको छ ।

अरनीको राजमार्ग हुँदै पशुपती आर्यघाटमा लाश ल्याउँदा सडकममा मानिसहरुलाई हिड्न समेत दिइएएको थिएन । झण्डै एक दर्जन सवारी साधनको स्कटिङमा धुलिखेल अस्पतालको लाशवाहनमा महिलाको लाश ल्याइएको थियो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

लाश ल्याउन प्रयोग भएको लाशवहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्‌सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीसहित पठाइएको धुलिखेल अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार सदगत गर्न आउने टोलीमा ५ जना रहेको र सद्गत गर्ने एकजनालाई पनि पीपीई पठाएको थियो ।

Related Articles

Back to top button
Close