समाचार

को’रोनाले धुलिखेल अस्पतालमा मृ’त्यु भएकी महिलाको यसरी दा’हसंस्का’र गर्ने तयारी

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृ’त्यु भएकी महिलाको सुरक्षा निकायले दाह सं’स्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृ’त्यु भएको व्यक्तिको श’व सुरक्षा निकायको समन्वयमा दा’हसंस्का’र गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्र’मण पुष्टि भएको थियो ।तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृ’त्यु कोरोना संक्र’मणबाट भएको वा नभएको खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृ’त्युबारे अध्ययन भइरहेको बताएका छन् । नेपाल प्रहरीका एक अधिकृतले महिलाको दाह’संस्कार गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘शव बाहनमार्फत पशुपति आर्यघाट लाँदैछौं ।’

दाह संस्कारबारे यस्तो छ व्यवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण मृ”त्यु भएका व्यक्तिको अन्त्ये’ष्टि अन्य कारणले मृ’त्यु भएका मानिसको भन्दा भिन्नै तरिकाले गर्न कार्यवि’धि बनाएको छ । कोरोनाबाट मृ’त्यु भएकाको श’व उठाउनुअघि श’ववाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनि’वार्य प्रयोग गर्नुपर्नेछ ।

मृतकका परिवार वा आफन्तले १ मिटर परबाट मात्र शव हेर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ । त्यस्तै मृत’कको अन्ति’म संस्का’रमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपी’ई लगाउनुपर्नेछ ।

त्यस्तै शव’लाई सकेसम्म चाँडो घा’टमा पु‍र्याउनुपर्ने, अन्तिम संस्कार गर्दा सकभर श’व नछुने तथा त्यस्ता मृ’तकको पोस्टमार्टम सामान्यतया गर्न न’पर्ने र गर्नुपर्ने भए पनि सा’वधानी अपनाएर मात्रै गर्न कार्यविधिमा भनिएको छ ।

साथै, श’वलाई कमभन्दा कम चलाउने भनिएको छ । श’वको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई हो’सियारीपूर्वक ब’न्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, का’र्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार श’वलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछो’इ कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधि’मा उल्लेख छ ।


कोभिड–१९ ले मृ’त्यु भएका व्यक्तिको सामान्यता पो’ष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अं’गहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसि’यारी अपनाउनुपर्ने भनिएको छ ।

Related Articles

Back to top button
Close