Monday, April 6

किन पल शाह आँचलको विहेमा गएनन् ? यस्तो छ कारण

March 14, 2020 200

काठमाडौं । नायिका आंचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । विहिवार आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसंग विवाह गरेका हुन् । आँचलको विवाह अघि उनको पल शाहसंग नजिकको सम्बन्ध थियो । दुवै जनाले एक अर्कालाई मिल्ने साथी बताउँदै आएका थिए । तर आँचलको विवाहमा सबै कलाकार पुग्दा पल भने पुगेनन् । पललाई आँचलको विवाहमा नदेखेपछि विभिन्न अड्कल गरिएको छ । पल शाह ललितपुरको गोदावरीमा एउटा म्युजिक भिडियोको सुटिगंमा ब्यस्त रहेका थिए ।

उनले त्यो कुरा सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसवुकमा लाइभ आउँदै आफु दिनभर ब्यस्त भएको बताएका थिए । उनलाई फेसवुक लाइभमा आउँदा आँचलको विवाहमा किन नजानुभएको हो ? तपाईलाई आँचलले निम्ता कार्ड पठाएकी थिइनन् ? भनेर पनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै पलले आफु दिनभर ब्यस्त भएका कारण आफु जान नपाएको बताएका छन् । उनले आँचलले आफ्नो विवाहको निम्ता कार्ड भने पठाएको पनि बताएका थिए ।तर आँचल शर्मा र पल शाहले एक अर्कालाई इन्स्टाग्राममा अन्फालो गरेको खुलेको छ ।

पल शाह र आँचल शर्माले संगै नाइँ न भन्नु ल ४ बाट डेब्यु गरेका थिए । तर अहिले आँचल शर्माको विवाह भएसंगै यी दुईले केहि समय अघि एक अर्कालाई इन्स्टाग्रामबाट अन्फलो गरेको पाइएको छ

Loading...

प्रतिकृया दिनुहोस्