समाचार

पूर्वराजा ज्ञानेन्द्रको गज्जवको शाहस, आफै गाडी चलाएर ५ सय किलोमिटरको यात्रा ९ घण्टामा पुरा गरेर झापा देखि निर्मल निवास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७१ वर्षको उमेरमा झापावाट आफै गाडी चलाएर काठमाडौं आइपुगेका छन् । उनी झापावाट ५ सय किलोमिटरको दुरी गाडी चलाएर काठमाडौं आइपुगेका हुन् । दुई महिना अघि झापा गएका पूर्वराजा लकडाउनका कारण झापामै अड्किएका थिए । उनले काठमाडौं आउन पास माग्दै जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन गृहमन्त्रालयले अस्विकार गरेको थियो । सामाजिक सञ्जालमा निकै विरोध भएपछि विहिवार साँझ उनले पास पाएका हुन् । कोरोना भाइरसको महामारी र लकडाउनका कारण झापमै रहेका पूर्वराजा शाहले झापादेखि काठमाडौंसम्म पाँच सय किलोमिटरभन्दा बढी आफैंले ड्राइभ गरेका हुन् ।

झापाबाट पत्नी कोमललाई गाडीमा राखेर शुक्रवार बिहान साढे ८ बजे हिँडेका पूर्वराजा बेलुकी ५ वजे निर्मल निवास आइपुगेका थिए । उनले महोत्तरीको बर्दिवासमा केही समय खानपिनका लागि अलमलिएका थिए । दमकमै बनाएको खानेकुरा उनीहरूले लिएका उनले वर्दिवासमा आएर खाएका हुन् । झन्डै नौ घन्टा लामो दुरी गाडी चलाएर काठमाडौं आइपुग्नु पूर्वराजाका लागि जीवनकै सम्झनयोग्य दिन हुनसक्छ । सडक खाली भएका कारण पनि उनलाई गाडी चलाउन भने केही सहज भएको हुनसक्छ । तर यति लामो दुरीमा आफै गाडी चलाएर काठमाडौं आउन गरेको उनको साहस भने तारिफयोग्य छ ।

करिव एक घन्टा खानाका लागि रोकिएपछि बीपी राजमार्गको बाटो भएर उनीहरू काठमाडौँ आइपुगेका हुन् यो उमेरमा पनि नौ घन्टा निरन्तर गाडी चलाउनुले पूर्वराजा शाहमा आत्मविश्वास गज्जबको भन्दै सामाजिक सञ्जालमा तारिफ गरिएको छ ।

Related Articles

Back to top button
Close