समाचार

२ जना नेपाली सेनालाइ पनि कोरोना संक्रमण

काठमाडौं । शनिवार थपिएका नयाँ संक्रमितमा २ जना नेपाली सेना भएको खुलेको छ । शनिबार थपिएका कोरोना संक्रमित दुबै जना नेपाली सेना भएको खुलेको हो । उनीहरू मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत रहेको बताइएको छ। उनीहरू ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक रहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताएका छन्।

योसँगै कोरोना संक्रमितको संख्या नेपालमा २ सय ७८ पुगेको छ। यसका साथै देशका २६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फिरेका छन्। शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close