समाचार

नेपालमा पहिलोपटक कोरोनाका कारण एक सुत्केरीको निधन

कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाकोनिधन भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनालेनिधन भएको हो। नेपालमा कोरोनालेनिधन हुने उनी पहिलो हुन्। केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोनाको संक्रमणकै कारणनिधन भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीकोनिधन भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन । कोरोना परीक्षण गरेको रिपोर्ट पनि ल्यावबाट गोप्य रुपमा स्वास्थ्य मन्त्रालयमा जान्छ । हामीलाई नै पनि थाहा हुँदैन ।’

उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो । १० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् ।

सिन्पाल्चोकको बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहाननिधन भएको हो । आमाकोनिधन भएपछि शिशुलाई अस्पतालमै राखिएको अस्पतालका एक चिकित्सकले बताए ।

आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो। ती महिलालाई १ जेठ साँझमा धुलिखेल अस्पताल ल्याइएको थियो। कोरोनाको लक्षण भएकी को ती महिलाकोनिधन भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पीसीआर पनि पोजिटिभ आएको हो ,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

Related Articles

Back to top button
Close