समाचार

Breaking: फेरी थपिए थप २ जना कोरोना संक्रमित, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं। नेपालमा थप २ जनालाई कोरोना पुष्टि भएको छ ।यो संगै कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले थप २ जनामा कोरोना पुष्टि गरेको हो ।जसमा काभ्रे र महोत्तरीका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यस अघि शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ ।

त्यस्तै प्रबक्ता देबकोटाले धुलिखेल अस्पतालमा मृत्य भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको सम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी दिने देवकोटाले बताए । मृ’तक महिलाको धुलिखेल अस्पतालमा गरिएको पीसीआर रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको छ ।

Related Articles

Back to top button
Close