समाचार

जनकपुर भनिएकी संक्रमित कालीमाटी बस्ने, युवती बस्ने घर सिल

काठमाडौं । काठमाडौंको कालीमाटी स्थित तरकारी बजार सँगै रहेको एउटा घर शनिबार बिहान सिल गरिएको छ । सो घरमा कोरोना संक्रमित १७ बर्षीया युवती बस्थिन् । शुक्रवार साँझ स्थानीय प्रशासनले संक्रमित फेला परेको घर सिल गर्ने निर्णय गरेको थियो ।

जनकपुरको रामानन्द चोक स्थायी घर भई कालीमाटी बस्दै आएकी ति युवतीमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ पुष्टी गरेको थियो ।

यो पढ्न छुटाउनु भयो कि
आज भेटिएकी कोरोना संक्रमित चितवनकी महिला काठमाडौंमै रहेको खुलासा
पर्सामा ९१ जना पुग्दा बाँकी २५ जिल्लामध्ये कुनमा कति संक्रमित ?
थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो
थ्रोट स्वाव संकलन गर्दा लेखिएको स्थायी ठेगानाको आधारमा उनको नतिजा सार्वजनिक भयो । तर, उनी काठमाडौंको कालीमाटीमा बस्दै आएको पछि मात्र खुल्यो ।

उनी १५ दिनअघि जनकपुरबाट काठमाडौं आएकी थिइन् । उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

शुक्रबार मात्रै नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले बिहान ९ जना संक्रमितको विवरण सार्वजनिक गरेको थियो ।

Related Articles

Back to top button
Close