समाचार

भारतीय सि’माबाट साँढे ४ सय नेपाली नेपाल भित्रिए , २१ दिन क्वारेन्टाइनमा राखेर पिसिआर गरिने

कोभिड १९ को’रोना भा’इरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सी’मा नाकाहरुमा ब’न्द गरिएपछि भारतको पलियाँमा फसेका साँढे ४ सय नेपालीहरूलाई शुक्रबार नेपाल प्रवेश गराइएको छ । कैलाली -कञ्चनपुरका नेपाल-भारत विभिन्न सी’मा नाकाहरुबाट फिर्ता गरिएका र भारतीय सी’मावर्ती स्थानहरुमा पुगेका नेपाली नागरिकहरुलाई भारतको लखिमपुर खिरी पलिया स्थित बलदेव इन्टर कलेजमा क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाल-भारत दुई देशिय पहलमा भारतीय क्वारेन्टाइनमा राखिएका ४५३ जनालाई शुक्रबार शुक्रबार नेपाल प्रवेश गराइएको छ । भारतको पलियाँ स्थित क्वारेन्टाइनमा कैलाली ,कञ्चनपुर , बैतडी र सुर्खेत लगायतका जिल्लाका नागरिकहरु बसेका थिए ।

शुक्रबार शुक्रबार नेपाल प्रवेश गराइएकाहरुको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार -गौरीफन्टा सीमानाकामा उनिहरुको आरडिटी परिक्षण गरिदै छ । परिक्षण पश्चात् उनिहरुलाई सम्बन्धित जिल्लाको स्थानीय तहहरुमै पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

पलियाँ क्वारेन्टाइन र अलपत्र अबस्थामा रहेका नेपाली हरुलाई सी’मा नाका गौरीफन्टा सम्म भारतीय प्रशासनले बसमार्फत पुगाएको थियो ।
शुक्रबार नेपाल प्रवेश गराइएका नागरिकहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहहरुमा २१ दिन क्वारेन्टाइनमा राखेर पिसिआर परिक्षण गरिने प्रहरी निरीक्षक सिंहले बताए ।

भारतीय क्वारेन्टाइनमा रहेकाहरुलाई आज शनिबार पनि प्रवेश गराइने उनले बताए । शुक्रबार प्रवेश गराइएकाहरु कुन जिल्ला र स्थानिय तहका कति जना रहेको बारे लगत संकलन कार्य जारी रहेको छ । -हाम्राकुराबाट

Related Articles

Back to top button
Close