समाचार

महासेनानीको नेतृत्वमा कालापानी पुग्यो नेपाली सेनाको फौज…हेरी सम्मान स्वरूप एक सेयर गरौ ।

२ जेठ, काठमाडौं । भारतले नेपाली भूमि मि’चेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अ’तिक्र’मण गरेका बेला जंगीअ’ड्डा मौन बसेको भन्दै आ’लोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो । यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको छ ।

सेनाको अपरेसन विभागका एक जना महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु वि’वादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ । सेनाले त्यहाँको वस्तुस्थितिबारे रेकी गरेको स्रोतले बतायो । टोलीको निष्कर्षका आधारमा केही दिनमै दार्चुलामा सेनाको फौज परिचालन गरिने जंगीअड्डा स्रोतले बतायो । भविष्यमा सेनाको टोलीले के–के गर्न सक्छ भन्ने विषयमा पनि दार्चुला पुगेको टोलीले अध्ययन गर्ने जनाइएको छ । सेनाको दार्चुलामा उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँटीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली परिचालित हुने बताए । पाण्डेले भने, ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँटी बगरमा ट्याक खोल्न लागिएको छ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि घाँटी बगरमा भएको भीरका कारण पैदल हिँड्न पनि समस्या हुने गरेको बताए । त्यसैले सेनाले ट्रयाक खोल्नेबारे छलफल भएको उनले बताए ।

Related Articles

Back to top button
Close