समाचार

उदयपुरमा १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ०३ जेठ / उदयपुरमा एक सञ्चारकर्मीलाई कारोना संक्रमण देखिएको छ । हिजो स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले सार्बजनिक गरेको २५ वर्षिया पुरुष सञ्चारकर्मी हुन् ।
उनलाई विराटनगरस्थित कोरोना हस्पिटल लगिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनको स्वास्थ्य अवस्था समान्य रहको जनाइएको छ ।

गत वैशाख ३१ गते जिल्ला स्वास्थ्य कार्यालयमा जिल्लाका २६ जना पत्रकारहरुको स्वाव नमुना संकलन गरि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा परिक्षण गरिएको थियो ।

परिक्षणको रिपोर्ट आउदा २६ मध्ये एक जनाको रिपोर्ट पाेजेटिभ आएको हो । पत्रकारहरुसंगै अन्य सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्बसाधारणसहित ६० जनाको स्वाव परिक्षण संकलन भएको थियो ।

अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यो संगै उदयपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरमा २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
-प्रतीकात्मक तस्बिर

Related Articles

Back to top button
Close